Madhes Khabar
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी माेदीबिच भेटवार्ता

नयाँदिल्ली, १८जेष्ठ : प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले प्रतिनिधि मण्डलसहित दिल्लीस्थित हैदराबाद हाउसमा बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची रहेको छ । ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्त्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ । यस्तै केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ । त्यसका लागि आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री दाहालको सम्मानमा आजै भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजनासमेत गरेका छन् ।

प्रधानमन्त्री दाहालले यसअघि बिहीबार दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् । भारत भ्रमणको पहिलो दिन बुधबार उनलाई स्वागत गर्न विमानस्थलमा भारतीय विदेश मन्त्रालयकी राज्यमन्त्री मिनाक्षी लेखी पुगेकी थिइन् ।साभार:इकान्तिपुर

Related posts

भारतकाे एक औषधि कम्पनीमा विस्फोट हुँदा ५ जनाको मृत्यु

MadhesKhabar

चन्द्रयान र सूर्य मिसन पछि अब भारतको अबको मिसन समुद्रयान !

MadhesKhabar

सिक्किममा बाढीकाे कहर: १४ जनाकाे मृत्यु ,सय भन्दा बढी बेपत्ता

MadhesKhabar

Leave a Comment