Madhes Khabar
समाज

वीरगन्जका सरकारी कार्यालय र अस्पतालमा जनमत पार्टीले हेल्पलाइन सञ्चालन गर्ने

वीरगन्ज, ९ जेष्ठ : वीरगन्जका सरकारी कार्यालय र नारायणी अस्पतालमा सेवाग्राहीको सहजीकरणका लागि जनमत पार्टीले ‘टस्क फोर्स’ गठन गरि ‘ हेल्पलाइन नम्बर’ सञ्चालन गर्ने भएको छ ।वीरगन्जमा बसेको जनमत पार्टी पर्सा र उसका पेशागत संगठनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

जनताको चाप बढि हुने सरकारी कार्यालय ,अस्पताल तथा प्रशासनिक कार्यालयहरुमा सहज र सुलभ सेवा तथा सेवाग्राहीलाई सहजीकरण गर्नका लागि टस्क फोर्स गठन गरि हेल्प लाइन नम्बर सन्चालन गर्ने निर्णय गरिएको जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले जानकारी दिए ।

यस्तै बैठकले वीरगन्जमा यहि जेष्ठ २७ गते पार्टीका अध्यक्ष डाक्टर सिके राउतको प्रमुख आतिथ्यतामा आयोजना हुने बृहत पार्टी प्रवेश कार्यक्रमलाई सफल बनाउन अभियान चलाउने र वर्गीय मञ्च एंव पेशागत संगठनलाई विस्तार गर्ने निर्णय पनि गरेको सर्राफले जानकारी गराए ।

बैठकमा जनमत चिकित्सक संघका पर्सा संयोजक एवं केन्द्रिय परिषद सदस्य डाक्टर अजय यादव , कानुन ब्यवसायी संघका अधिवक्ता हरिहर साह, शिक्षक संघका संयोजक अखिलेश पाण्डे, विद्यार्थी संगठनका संयोजक राजु गिरर, महिला संगठनकी संयोजक अन्जना गुप्ता, सचिव रेखा यादव , पार्टीका जिल्ला उपसंयोजक रामजी रौनियार लगायतको पनि सहभागगीता थियो ।

 

Related posts

पर्साको प्रसौनीमा अहमदिया संघले आयोजना गरेको निःशुल्क शिविरबाट ४५२ जना लाभान्वित

MadhesKhabar

छठ मनाउन वीरगन्ज कारगारका महिला कैदीबन्दीहरुलाई साडी वितरण

MadhesKhabar

पर्साकाे मुसहर बस्तीका बालबालिकालाई अमेरिकी संस्थाको सहयाेग

MadhesKhabar

Leave a Comment