Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

१० महिनामा वीरगन्ज महानगरले उठायो ३६ करोड ६१ लाख राजश्व

वीरगन्ज,५जेष्ठ : वीरगन्ज महानगपालिकाले १० महिनामा साढे ३६ करोड भन्दाबढि राजस्व संकलन गरेको छ ।चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि बैशाखसम्म १० महिनाको अवधिमा वीरगन्ज महानगरपालिकाले ३६ करोड ६१ लाख रुपैया राजश्व संकलन गरेको हो ।

पछिल्लो १० महिनाको अवधिमा विभिन्न २६ वटा शीर्षकमा ३६ करोड ६१ रुपैयाँ राजस्व संकलन भएको महानगरपालिकाको राजस्व शाखा प्रमुख मनोजकुमार कर्णले बताए । उनकाअनुसार १० महिनाको अवधिमा सम्पत्ति करबाट १४ करोड १लाख रुपैयाँ, घरबहाल करबाट ५ करोड ५७ लाख रुपैयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट २ करोड २१ लाख रुपैयाँ, सरकारी सम्पत्ति बहालबाट २ करोड ७१ लाख रुपैयाँ, अन्य सेवा शुल्कबाट २ करोड २ लाख रुपैयाँ तथा अखेटोपहारमा लाग्ने करबाट २ करोड ३६ लाख रुपैयाँ संकलन भएको हो ।

यस्तै नक्सा पास दस्तुरबाट २ करोड ९० लाख रुपैयाँ, सिफारिस दस्तुरबाट १ करोड ४३ लाख रुपैयाँ, भूमिकरबाट ७७ लाख रुपैयाँ, साना सवारी साधनको करबाट २४ लाख रुपैयाँ, बाँडफाँटबाट प्राप्त विज्ञापन करबाट ५३ लाख रुपैयाँ, अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने रोयल्टीबाट ६६ लाख रुपैयाँ, परीक्षा शुल्कबाट ११ लाख रुपैयाँ, बहाल बिटौरी करबाट ७ लाख रुपैयाँ तथा अन्य प्रशासनिक सेवा शुल्कबाट १२ लाख रुपैयाँ राजस्व संकलन भएको कर्णले जानकारी दिए ।

त्यस्तै प्रशासनिक दण्ड जरिवाना र जफतबाट ३१ लाख रुपैयाँ, व्यक्तिगत घटना दर्ताबाट २६ लाख रुपैयाँ, नाता प्रमाणित दस्तुरबाट १२ लाख रुपैयाँ र पार्किङ शुल्कबाट दुई लाख रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

यसअघि गत आर्थिक आर्थिक वर्ष २०७८/०७९ यहि अवधिमा वीरगन्ज महानगरपालिकाले विभिन्न शीर्षकमा ५२ करोड ४० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षमा महानगरपालिकाले सम्पत्ति करको दर घटाएको, सवारी कर व्यवस्थापन सेवा शुल्क हटाएको र लामो समयसम्म जग्गाको कित्ताकाट रोकिएर नक्सापास र जग्गा कारोबार हुन नसकेको लगायतका कारणले अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा राजस्व संकलन घटेको कर्णले बताए ।

Related posts

आसिफ र आरिफलाई वीरगन्जमा नागरिक अभिनन्दन , महानगरले दियो दुवैलाइ मोटरसाइकल

MadhesKhabar

नवनियुक्त ३ मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

MadhesKhabar

निजी विद्यालयको स्तर वर्गीकरण तथा शुल्क निर्धारण नगर्न महानगरलाई अदालतबाट उत्प्रेषण आदेश जारी

MadhesKhabar

Leave a Comment