Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा नृसिंह भगवानको जन्मोत्सवमा भव्य शोभा यात्रा ,साँझ महाआरती पनि हुने

मधेसखबर
वीरगन्ज,२१बैशाख : भगवान नृसिंहको जन्मोत्सवमा बिहीबार वीरगन्जमा भव्य शोभायात्रा निकालिएको छ ।नृसिंह जयन्तिका दिन वीरगन्ज महानगरपालिका वडा नम्बर १५ पिपरा स्थित पिपरामठमा रहेको नृसिंह भगवान मन्दिर पिपरामठ संरक्षण समितिको अगुवाइमा शोभायात्रा निकालिएको हो ।

पिपरामठ परिसरबाट निस्किएको शोभा यात्रा बाइपास सडकबाट पावरहाउस चोक, मुर्ली , घण्टाघर , माईस्थान , आदर्शनगर , घडीअर्वा , घण्टाघर , लिंकरोड , बसपार्क हुदै पुन पिपरामठमै पुगेर समापन भएको पिपरामठ संरक्षण समितिका अध्यक्ष रामप्रवेश कुर्मीले जानकारी दिए ।

शोभायात्रामा महिला , युवती , ,किशोरी, युवा , बृद्धबद्धा गरि हजारौको सहभागिता थियो ।भगवा पोशाकमा शोभायात्रामा सहभागीहरुले जय श्रीराम लेखिएका झण्डाहरु बोकेका थिए ।

नृसिंह जयन्तिकै अवसरमा बिहीबारनै साँझ ६.३० बजे पिपरामठठ परिसरमा महाआरती पनि गर्ने कार्यक्रम रहेको अध्यक्ष कुर्मीले जानकारी दिए ।

Related posts

बाराका क्रिकेटर अनिल साहलाई जनकपुरले १५ लाखमा किन्यो

MadhesKhabar

अंग्रेजी नयाँ वर्षमा पर्साको ठोरी भारतीय र स्वदेशी पर्यटकले भरिभराउ

MadhesKhabar

वीरगन्ज भन्सारको राजश्व संकलनमा सुधार : ९ महिनामै १ खर्ब ७७ अर्ब रुपैयाँ राजस्व उठ्यो

MadhesKhabar

Leave a Comment