Madhes Khabar
धर्म/संस्कृति

पर्साको प्रसौनीमा अहमदिया संघको आयोजनामा ईद मिलन समारोह सम्पन्न

मधेसखबर
वीरगन्ज,१४ बैशाख : पर्साको विन्दवासीनी गाँउपालिकाको प्रसौनीमा अहमदिया संघ नेपालको आयोजनामा ईद मिलन समारोह सम्पन्न भएको छ ।

बुधबार बेलुकी आयोजित समारोहलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य राज कुमार गुप्ताले नेपाल धर्म निरपेक्ष मुलक भएकाले यहाँ सबै धर्मको सम्मान एकअर्काले गर्नु पर्ने बताए । अहमदिया संघले हरेक धर्मको सम्मान गर्दै आएको बताउदै उनले भने,‘ यस्तै संस्कार अन्य धर्मले पनि कायम राख्नु पर्छ , अनिमात्र समाजमा धार्मिक सहिष्णुता सदैव कायम रहन्छ ।

अहमदिया संघ नेपालका अध्यक्ष कमरुल होदा अन्सारीले १३० वर्ष पहिले भारतको पञ्जाबबाट स्थापना भएको अहमदिया सघंको हाल सम्म विश्वका २२४ देशमा संगठन विस्तार भइसकेको जानकारी गराए ।

प्रतिनिधीसभा सदस्य गुप्ताको प्रमुख आतिथ्यता एंव संघका अध्यक्ष अन्सारीको अध्यक्षतामा भएको ईद मिलन समारोहमा पुर्व प्रदेशसभा सदस्य प्रहलाद गिरि, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पर्साका प्रहरी उपरिक्षक कोमल शाह , विन्दवासीनी गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारी , पूर्व उपाध्यक्ष किरण देवी गुप्ता, भारतीय महावाणिज्य दूवतावास वीरगन्जका वाणिज्यदूत शशी भुषण प्रसाद , अहमदिया संघका पर्सा जिल्ला इन्चार्ज हाशिम अमद , संघका युवा संघका राष्ट्रिय अध्यक्ष सलीम अहमद,हाफीज मोहम्मद अबुल कलाम, मौलबी सिराज अहमद लगायतको पनि सहभागीता थियो ।

Related posts

वीरगन्ज महानगरले आयोजना गरेको इफ्तारीमा ५ हजार भन्दा बढि मुस्लिम धर्मावलम्बी सहभागी

MadhesKhabar

साढे १८ लाख खर्च गरेर घडीअर्वा छठघाटको सजावट

MadhesKhabar

काठमाडौँमा कुरान वाचन प्रतियोगिता सुरु

MadhesKhabar

Leave a Comment