Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जकाे चिकेन स्टेसनलाई कारबाही गर्न आयाेगले गृह मन्त्रालयलाई पठायाे पत्र

वीरगन्ज ,१३चैत : मधेसी आयोगले गाईको मासुकाे परिकार ´बिफ कबाब` बेचेकाे भन्दै वीरगन्जमा रहेको चिकेन स्टेसन रेष्टुरेन्टलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ।

वीरगन्जकाे लाेहारपट्टी राेडमा हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसन रेष्टुरेन्टले रमदानको अवसरमा गाईको मासुको परिकार ´कबाब बिफ`मा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत प्रचार गरेपछि विभिन्न हिन्दू संघसंगठनले मधेसी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसन रेष्टुरेन्टलाई कारबाही गर्नका लागि उजुरी दिएका थिए।

उजुरीका आधारमा चिकेन स्टेसन रेष्टुरेन्टलाई कारबाही गर्न साेमबार पत्राचार गरिएको मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले जानकारी दिए।

तर चिकेन स्टेसनका सन्चालक झाले भने आफनाे रेष्टुरेन्टमा गाईकाे मासुकाे कुनै परिकार बेच्न नराखिएकाे र भुलवस उक्त विज्ञापन फेसबुकमा राख्नु पुगेकाे भन्दै त्यसका लागि सार्वजनिक माफी मागेर फेसबुकबाट उक्त विज्ञापन हटाई सकेका छन् ।

Related posts

भागदाैडकाे दुर्घटनापछि महाकुम्भ मेलामा दर्शनका लागि कुन कुन नियमहरु परिवर्तन गरियाे ?

MadhesKhabar

जेनजी आन्दोलनमा ध्वस्त संरचना पुननिर्माणका लागि वीरगन्ज महानगरकाे बजेट संशोधन,शहिदका परिवारलाई ५ लाख दिने घाेषणा

MadhesKhabar

बिन्दवासिनी , छिपहरमाई र पकाहामैनपुर गाँउपालिकाका विद्यालयहरुमा पनि गर्मी विदा घाेषणा

MadhesKhabar

Leave a Comment