Madhes Khabar
राजनीति हेडलाइन

उपेन्द्र यादव भन्छन् : बारा–२ मा चुनाव लड्ने निर्णय मैले गरिसकेको छैन

फाइल फोटो

धनगढी,१२चैत : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ारा–२ मा उपनिर्वाचन लडेर पुनः संसदमा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिरहेको बताएका छन् । तर त्यसबारे आफूले कुनै निर्णय नगरेको उनको भनाइ छ ।

आइतबार जसपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले तनहुँ, बारा र चितवनमा उपनिर्वाचन हुन लागे पनि आफ्नो बारेमा बाराका विषयमा बढी चर्चा भइरहेको बताए । ‘बाराका साथीहरू यहाँ आएर चुनाव लड्नुपर्छ भनेर जोड दिइरहनुभएको छ । पार्टी र गठबन्धनका नेता पनि संसदमा आउन उचित हुन्छ भन्नुहुन्छ,’ यादवले भने, ‘तर यसबारे गठबन्धन र पार्टीले कुनै निर्णय गरेको छैन । मैले पनि माइन्ड मेकअप गरिसकेको छैन ।’

४ मंसिरमा सप्तरी–२ मा अप्रत्यासित रूपमा चुनावमा पराजय व्यहोरेका यादवलाई उपनिर्वाचनमा मधेश केन्द्रित दलले मोर्चाबन्दी गरे जित कसरी सम्भव छ ? भनेर राखिएको जिज्ञासामा उनले भने, ‘खेलमा जाँदा एउटामा गोल गर्न पाइएन भने अर्काे छोड्न हुँदैन । खेलाडीले कहिले गोल गर्छ, त कहिले खान्छ ।’

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबीचको एकताको मुख्य गाँठो कम्युनिस्ट पार्टी बनाउने वा समाजवादी भन्ने कुरामा अड्किएको जानकारीसमेत उनले दिए ।साभारः अनलाइनखबर

Related posts

वीरगन्जबासी आपसमा मिलेर बसेका छौं भन्ने सन्देश दिन ‘सदभाव रयाली’ निकालिएको हो : मेयर सिंह

MadhesKhabar

पर्साका एमाले नेताहरु एकजुट हुने हो भने एमालेलाई कसैले हल्लाउन पनि सक्दैन : उपमहासचिव ज्ञवाली

MadhesKhabar

अंग्रेजी नयाँ वर्षमा पर्साको ठोरी भारतीय र स्वदेशी पर्यटकले भरिभराउ

MadhesKhabar

Leave a Comment