Madhes Khabar
राजनीति

सम्मानजनक संख्याका साथ सरकारमा जाने कांग्रेसको निर्णय

काठमाडौं,११चैत : नेपाली कांग्रेस ठूलो पार्टीका हैसियतले सम्मानजनक संख्याका साथ सरकारमा जाने भएको छ।पार्टी सभापति निवास धुम्बाराहीमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले ठूलो पार्टीका हैसियतले सरकारमा सम्मानजनक संख्या पाउनुपर्ने र त्यही आधारमा छिटै सरकारमा सहभागी हुने निर्णय गरेको हो।

बैठकपछि काँग्रेस पार्टीका प्रवक्ता डा प्रकाश शरण महतले गठबन्धनमा रहेका दलहरूले मन्त्रिपरिषदमा आफ्नै दावी गरिरहेको अवस्थामा कांग्रेसले पनि ठूलो दलको हैसियतले सम्मानजनक संख्या पाउनुपर्ने बताए।

उनले कांग्रेसले पाउने संख्या र मन्त्रालयका विषयमा पार्टी सभापतिले प्रधानमन्त्रीसँग छलफल गर्ने र टुंगो लागेपछि मन्त्रीहरुको नाम पठाउने जानकारी दिए।

सरकारमा जान कांग्रेसले ८ वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ। बैठकले शान्ति प्रक्रियालाई अन्तिम टुंगो लगाउनका लागि पीडितहरूको भावनालाई पनि मध्यनजर राखेर यस सम्बन्धी कानून बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता महतले जानकारी दिए।

त्यस्तै बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन लगायतका विषयमा छलफल गर्न सोमबार संसदीय दलको बैठक बोलाउने निर्णय गरेको महतले बताए। साभार : अन्नपूर्णपोष्ट

Related posts

संविधान पुनर्लेखन नभएसम्म जसपा नेपाल संघर्षमै रहन्छ : उपेन्द्र यादव

MadhesKhabar

स्व. सुशील काेइरालाकाे स्मृति दिवस वीरगन्जमापनि मनाइयो

MadhesKhabar

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयले भने : अंग्रेजीमा भाषण होइन,जनसेवक बन्न राजनीतिमा आएको हुँ

MadhesKhabar

Leave a Comment