Madhes Khabar
अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन

माघ२२:पाकिस्तानका पूर्व सेना प्रमुख तथा पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ ।

उनको मृत्युको पाकिस्तानी सेनाले पुष्टि गरेको छ। जनरल परवेज मुशर्रफको मृत्युले दुखी भएको भन्दै उनको आत्मा शान्तिको कामना गरेको छ।

७९ वर्षीय मुशर्रफ लामो समयदेखि बिरामी भएर दुबईको एक अस्पतालमा उपचाररत थिए। उनको त्यही निधन भएको बीबीसी समाचारमा उल्लेख छ ।

गत वर्ष उनलाई एमाइलोइडोसिस नामक जटिल रोग लागेको खबर आएको थियो । यो रोग लागेपछि क्रमश: मानिसको शरीरका अंगहरु निष्क्रिय हुन थाल्छन् ।

मुशरफकाे जन्म ११ अगस्ट १९४३ मा अविभाजित भारतको पुरानो दिल्लीमा भएको थियो । भारत विभाजनपछि सन् १९४७ मा उनी पाकिस्तानको कराँचीमा परिवारसँगै बसे। साभार:बीबीसी

Related posts

मन्दिर जाँदै गरेको गाडी इनारमा खस्दा १२ जनाको मृत्यु

MadhesKhabar

दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा कुन देशका कति नागरिक थिए ?

MadhesKhabar

भारतकाे एक औषधि कम्पनीमा विस्फोट हुँदा ५ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment