Madhes Khabar
अन्तर्राष्ट्रिय

सिट बेल्ट नबाँधेकाे कसुरमा बेलायती प्रधानमन्त्रीलाई जरिवाना

काठमाडौं ,०७ माघ : बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई प्रहरीले सिटबेल्ट नबाँधेको आरोपमा जरिवाना गरेको छ । गुडिरहेको कारमा सामाजिक सञ्जालका लागि भिडियो बनाउँदै गर्दा प्रधानमन्त्री सुनकले सिटबेल्ट नबाँधेको भन्दै प्रहरीले जरिवाना गरेको हो ।

प्रधानमन्त्री कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ ले प्रधानमन्त्री सुनकले सानो भिडियो बनाउनका लागि सिटबेल्ट खोलेको बताएको छ । प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्रीले आफ्नो गल्ती स्वीकार गर्नु भएको छ । यसका लागि उहाँले माफीसमेत माग्नु भएको छ । उहाँ यो मान्नुहुन्छ कि सबैले सिटबेल्ट लगाउनुपर्छ ।’

सुनक सरकारमा रहेकै बेला दोस्रो पटक जरिवानामा परेका हुन् । यसअघि तत्कालीन प्रधानमन्त्री बोरिस जोनसनसँगै कोरोना नियन्त्रणका लागि लागू लकडाउनको नियम तोडेको आरोपमा उनलाई जरिवाना गरिएको थियो । सन् २०२० मा जोनसन र उनकी पत्नीमाथि जन्मदिनको पार्टी आयोजना गरेको आरोप लागेको तियो ।साभार:कान्तिपुर

Related posts

पाकिस्तानमा सेनाको कारबाहीमा एकैदिन ३० जना आतंककारी मारिए

MadhesKhabar

भारतमा आज अन्तिम चरणकाे मतदान,साँझ एक्जिटपाेल आउने

MadhesKhabar

एनआरएनए न्युयोर्कको सचिवमा अधिकारीको उम्मेदवारी

MadhesKhabar

Leave a Comment