Madhes Khabar
स्थानिय

पर्सामा तस्करीको गिट्टी बालुवा ढुवानी गर्ने पाँच वटा ट्याक्टर सहित एक जना पक्राउ

मधेसखबर
वीरगन्ज,३०पुसः पर्साको छुट्टाछुट्टै स्थानबाट प्रहरीले तस्करीको गिट्टी बालुवा ढुवानी गर्ने पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको टोलीले पटेर्वासुगौली गाउँपालिका अन्तर्गत पर्ने गादी खोलाबाट बालुवा लिएर जाँदै गरेको अनटेस्ट नम्बर प्लेट भएको ट्याक्टर सहित चालक पटेर्वासुगौली गाउँपालिका २ मकवानीटोलका रोहबर माझीलाई पक्राउ गरेको छ ।

यस्तै शनिबार नै वीरगन्ज महानगरपालिका अन्तर्गत पर्ने भेडाहा खोलाबाट पनि प्रहरी चौकी मिलनचोकको टोलीले बालुवा लोड गरि जाँदै गरेका ना ४ त २५२९ र ना ६ त १७५९ नम्बरका दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । यस्तै जिराभवानी गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने ओरिया खोलाबाट पनि शनिबार नै प्रहरीले गिट्टी बालुवा लोड गरिएका ना ७ त ८५८ र ना ७ त ५५७९ नम्बरका दुइ वटा ट्याक्टर इलाका प्रहरी कार्याालय सेढवाले नियन्त्रणमा लिएको छ ।

Related posts

पर्सामा १० केजी चरेससहित चितवनका तामाङ पक्राउ

MadhesKhabar

वीरगन्जको मेनरोडको केन्द्रविन्दु निर्धारण काम भोलिदेखि सुरु हुने

MadhesKhabar

‘बैभव वीरगन्ज’ बनाउन अहिले सुरुवात मात्र गरेका छौं,अझ धेरै गर्न बाँकी छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment