Madhes Khabar
मधेस प्रदेश

पर्सा ३ : काँग्रेसका चौधरीलाई १५१ मतले हराउदै एमालेका गुप्ता विजयी

क्रान्ति शाह
वीरगन्ज,०७ मंसिर : पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका राज कुमार गुप्ता निर्वाचित भएका छन् ।
मतगण्ना शुरु भए देखि नै नेपाली काँग्रेसका सुरेन्द्र चौधरी र एमालेका गुप्ता बिच निक्कै प्रतिस्पर्धा देखिएको पर्सा ३ मा अन्नत गुप्ता विजयी भएका हुन् ।

एमाले–जसपा गठबन्धनका समेत साझा उम्मेदवार गुप्ता , पाँच दलीय गठबनधनका उम्मेदवार चौधरीलाई १ सय ५१ मतको झिनो अन्तरले पराजित गर्दै जित हात पारेका हुन् ।गुप्ताले २४ हजार २ सय ६० .मतका साथ विजयी हुदाँ चौधरीले भने २४ हजार १ सय ९ मत पाएका छन् ।तेश्रो स्थानमा रहेका नेपाल सुशासन पार्टीका राज कुमार यादवले भने १ हजार ४२ .मत पाएका छन् ।

प्रतिनिधीसभा सदस्यमा निर्वाचित गुप्ता , २०७० को निर्वाचनमा यहि क्षेत्रबाट संविधानसभा सदस्यमा पनि निर्वाचित भएका थिए ।
२०७४ को निर्वाचनमा भने १० हजार ९ सय ८६ मतका साथ तेश्रो स्थानमा सिमित भएका थिए । त्यस बेला तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हालको जसपा) बाट हरिनारायण रौनीयार १५ हजार १ सय ६१ मतका साथ विजयी भएका थिए । दोश्रो स्थानमा रहेका काँग्रेसका चौधरीले १३ हजार ८ सय १ मत पाएका थिए ।

Related posts

रौतहटमा गाँजा सेवनका क्रममा विवाद हुदाँ छुरा प्रहार गरी युवकको हत्या

MadhesKhabar

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख दिन मधेस सरकारलाई सत्ता गठबन्धनको आग्रह

MadhesKhabar

प्रेस युनियन मधेस प्रदेशकाे अध्यक्षमा बाराका सत्यप्रकाश श्रेष्ठ निर्वाचित

MadhesKhabar

Leave a Comment