Madhes Khabar
मधेस प्रदेश

पर्सा ३ : काँग्रेसका चौधरीलाई १५१ मतले हराउदै एमालेका गुप्ता विजयी

क्रान्ति शाह
वीरगन्ज,०७ मंसिर : पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका राज कुमार गुप्ता निर्वाचित भएका छन् ।
मतगण्ना शुरु भए देखि नै नेपाली काँग्रेसका सुरेन्द्र चौधरी र एमालेका गुप्ता बिच निक्कै प्रतिस्पर्धा देखिएको पर्सा ३ मा अन्नत गुप्ता विजयी भएका हुन् ।

एमाले–जसपा गठबन्धनका समेत साझा उम्मेदवार गुप्ता , पाँच दलीय गठबनधनका उम्मेदवार चौधरीलाई १ सय ५१ मतको झिनो अन्तरले पराजित गर्दै जित हात पारेका हुन् ।गुप्ताले २४ हजार २ सय ६० .मतका साथ विजयी हुदाँ चौधरीले भने २४ हजार १ सय ९ मत पाएका छन् ।तेश्रो स्थानमा रहेका नेपाल सुशासन पार्टीका राज कुमार यादवले भने १ हजार ४२ .मत पाएका छन् ।

प्रतिनिधीसभा सदस्यमा निर्वाचित गुप्ता , २०७० को निर्वाचनमा यहि क्षेत्रबाट संविधानसभा सदस्यमा पनि निर्वाचित भएका थिए ।
२०७४ को निर्वाचनमा भने १० हजार ९ सय ८६ मतका साथ तेश्रो स्थानमा सिमित भएका थिए । त्यस बेला तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हालको जसपा) बाट हरिनारायण रौनीयार १५ हजार १ सय ६१ मतका साथ विजयी भएका थिए । दोश्रो स्थानमा रहेका काँग्रेसका चौधरीले १३ हजार ८ सय १ मत पाएका थिए ।

Related posts

मधेसमा उपेन्द्र यादव र प्रचण्डकाे अभद्र पाेष्टर टाँस्ने दुईजना जनकपुरबाट पक्राउ

MadhesKhabar

महोत्तरीको सम्सीमा लुटेरा समूहबाट बालिका बलात्कृत

MadhesKhabar

सप्तरीबाट मधेस प्रदेशमा सिके राउतकाे खाता खुल्याे

MadhesKhabar

Leave a Comment