Madhes Khabar
राजनीति

फुलमाला लगाइदिँदै मतदाताको आशिर्वाद : अबको हाम्रो विधायक रुपेशमान

मधेसखबर
वीरगन्ज, २० कार्तिक :: पर्सा क्षेत्र नम्वर २(ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई वीरगन्जको वडा नम्वर १७ अलौमा मतदाताहरुले भव्य स्वागत गरेका छन् ।

अलौमा घरदैलोमा पुगेका स्वतन्त्र उम्मेद्वार सिंहलाई मतदाताले फुलमाला र अबिर लगाएर घरघरमा स्वागत गरेका हुन् ।
स्वतन्त्र उम्मेद्वार सिंह अलौको सिवान टोल, बजार टोल, राम टोल, मलाहा टोल लगायतका स्थानमा मतदाताको घरदैलो पुगेका थिए ।
मतदाताले अबको हाम्रो विधायक स्वतन्त्र उम्मेद्वार सिंह नै भएको भन्दै उनलाई विजयी बनाउन आफूहरु अन्य स्थानमा पनि मत माग्दै हिँड्ने बताए ।
मतदातासँग भेट गर्दै सिंहले आउँदो निर्वाचनमा लालटेन छापमा मतदान गर्न आह्वान गरे । मतदाताहरुले सिंह सँधै आफूहरुकै बीचमा बसेका व्यक्ति भएकाले उनैलाई मतदान गरेर विजयी बनाउने बताएका छन् ।

अब दलका नेताहरुबाट विश्वास गुमेकाले स्वतन्त्रकै आश रहेको भन्दै आफूहरुले सिंहकै पक्षमा मतदान गर्ने पनि उनीहरुले विश्वास दिलाए ।

Related posts

रामचन्द्र पौडेल बने गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति : कामु प्रधानन्यायाधीश कार्कीबाट लिए शपथ

MadhesKhabar

सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत : भीम रावल

MadhesKhabar

विधार्थी संगठनहरुको विवादले ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचन अन्यौलमा

MadhesKhabar

Leave a Comment