वीरगन्ज,२७ बैशाखःउपेन्द्र यादव नेतृत्वको जसपा नेपालको युवा संघका महानगर अध्यक्षसहित पुरै समिति नै अशोक राई नेतृत्वको जसपामा प्रवेश गरको छ ।
शनिबार वीरगन्जमा आयोजित एक कार्यक्रममा जसपा नेपालको समाजवादी युवा संघ वीरगन्ज महानगर समितिका अध्यक्ष आकाश गिरी, उपाध्यक्ष सुशील गुप्ता, शिवम् पटेल, अभिनाष गुप्ता, ठाकुरराम क्याम्पसका इकाई सचिव अंकित मिश्र, सागर राउत, साहिद अंसारी लगायत जसपामा प्रवेश गरेका हुन् ।
जसपाका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादव र जसपाका केन्द्रीय सदस्य तथा वीरगन्ज महानगरपालिकाका मेययर राजेशमान सिंहले नवप्रवेशीहरुलाई माला लगाएर पार्टीमा स्वागत गरे । त्यस अवसरमा मन्त्री यादवले पार्टी सुदृढ बन्ने गरि काम गर्न सबैलाई आग्रह गरे ।
फरक प्रसंगमा खानेपानी मन्त्री यादवले शुद्ध पिउने पानी घरघरमा पुर्याउन काम सुरु गरिसकेको भन्दै आउँदो वर्ष भित्रमा वीरगन्जमा खानेपानीको अभाव हट्ने विश्वास दिलाए ।
यस्तै महानगरका मेयर राजेशमान सिंहले वीरगन्जलाई स्वच्छ र सुन्दर बनाउँदै सम्पन्न बनाउने लक्ष्य अनुरुप काम भइरहेकाले पार्टीका नेता कार्यकर्तालाई उत्साहित भएर अगाडी बढ्न सुझाव दिए ।जनताको समस्या बुझेर काम गर्ने पार्टी जसपा मात्रै रहेकाले अरु ठाउँमा भएका साथीहरु पनि यसैमा गोलबन्द हुन र गोलबन्द गराउने अभियानमा लाग्न सबैलाई आग्रहपनि उनले गरे ।
जसपाका नगर सचिव फÞरीद आलमको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा जजसपका केन्द्रिय सदस्यहरु जन्नत अन्सारी, पुरषोत्तमलाल झा, सपाका जिल्ला अध्यक्ष एंव बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साह तेली, संघीय परिषद सदस्य तबरेज अहमद, बरिष्ठ नेता प्रेमबाबु पटेल, जसपाका जिल्ला सचिव उमेश सहनी लगायतकाको सहभागिता थियो ।

