Madhes Khabar
राजनीति

बारामा सर्वेन्द्र खनाललाई ५१ किलोको माला

मधेसखबर
वीरगन्ज,१६ असोज : हालै नेकपा एमाले प्रवेश गरेका नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आइजीपपी) सर्वेन्द्र खनाललाई बाराको पचरौतामा एमालेका नेता कार्यकर्ताले ५१ किलोको माला लगाएर स्वागत गरेका छन्।

राष्ट्रिय युवा संघ नेपाल पचरौता नगर कमिटीको प्रथम अधिवेशन तथा शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी हुन आएका खनाललाई ५१ किलोको मालाले स्वागत गरिएको हो।

खनाललाई नगरपालिकाका मेयर जलान्धर सिंह, वडाध्यक्ष लक्ष्मी यादवसहित नेताकार्यकर्ताले माला लगाएका थिए।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा सहभागी हुन काठमाडौंबाट सडकमार्ग हुँदै बारा आएका खनाल जामका कारण शनिबार साँझ पचरौता पुगेका थिए।

ढिलै भएपनि कार्यक्रमस्थल पुगेका खनाललाई पचरौताका स्थानीय र एमाले नेताकार्यकर्ताले स्वागत गरेका हुन्।

सअघि युवा संघको प्रथम अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज बलबिर चौधरी, पचरौता नगरपालिकाका नगर प्रमुख सिंह, एमाले युवा नेता पुरुषोत्तम साह, उमेश कुशवाहा लगायतले सम्बोधन गरेका थिए।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई नेता चौधरीले स्वागत गरेका थिए।

यसैगरी शुभकामना आदनप्रदानपछि सम्पन्न अधिवेशनले सुनिलकुमार यादवको अध्यक्षतामा ४७ सदस्यीय राष्ट्रिय युवा संघ पचरौता नगर कमिटी गठन गरेको छ । साभार : अन्नपूर्णपोष्ट

Related posts

नख्खु कारागारका जेलरको बयान : रवि लामिछाने हुलहुज्जत गर्दै जेल तोडेर भागेका हुन्

MadhesKhabar

बजार छपकैयामा राप्रपा उम्मेदवार नरेश साहको चुनावी घरदैलो

MadhesKhabar

पार्टी उपमहासचिव एवं मन्त्री यादवविरुद्ध गरिएको दुष्प्रचार प्रति जसपाको आपत्ती

MadhesKhabar

Leave a Comment