Madhes Khabar
वाग्मती प्रदेश

गाँजा सहित तीन भारतीय पक्राउ

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज,२७ असोज : मकवानपुरमा प्रहरीले लागुऔषध गाँजा सहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत बिहारको मोतिहारी जिल्ला बलही गाँउका ३५ वर्षीय रमेश माझीको साथबाट साढे ३ किलो, हरिन्द्र माझीको साथबाट ४ किलो र दिलिप माझीको साथबाट ५ किलो गरि साढे १२ किलो गाँजा वरामद भएको हो ।

उनीहरूलाई मनहरी गाउँपालिका–८ सिमपानीबाट प्रहरीले पक्राउ गरेको हो ।बागमति प्रदेश ०३–००१च १३१८ नम्बरको गाडीमा राक्सिराङबाट मनहरी तर्फ आउँदै गरेको तीनै जनालाई प्रहरीले विशेष सूचनाको आधारमा पक्रन सफल भएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनीहरुलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ ।

 

 

Related posts

सुनको मूर्ति भन्दै ३० लाख ठगी, एक भारतीयसहित ५ जना पक्राउ

MadhesKhabar

कार्यालयमै तास खेल्दै महानगरका नगर प्रहरी

MadhesKhabar

हेटौंडा अस्पतालका ७८ जना डाक्टरले दिए सामुहिक राजिनामा

MadhesKhabar

Leave a Comment