Madhes Khabar
खेलकुद

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दिपको समर्थनमा वीरगन्जमा युवाहरुको प्रदर्शन

मधेसखबर
वीरगन्ज ,२४ भदौं :नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दिप लामिछानेको समर्थनमा वीरगन्जमा प्रदर्शन गरिएको छ ।सन्दिपलाई षड्यन्त्र गरेर फसाउन खोजिएको भन्दै उनका समर्थक युवाहरुले शुक्रबार अपरान्ह वीरगन्जमा प्रदर्शन गरेका हुन् ।

वीरगन्जका युवा सागर लामाको नेतृत्वमा रहेका युवाहरुले सन्दिपको पक्षमा विभिन्न नाराहरू लेखिएको प्ललेकार्ड समिति घण्टाघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवाहरुले सन्दिपलाई फसाउन पाईदैन, हामी युवा सन्दिपको साथमा छौ , ‘सन्दिप दोषी हो भने निर्मला पन्तको दोषी को ?’ नाबालिक भनिएकी पीडितलाई सार्वजनिक गर, सीसीटीभी फुटेज सार्वजनिक गर, कसैको चरित्र हत्या गर्न मिल्दैन, महिलामुखी अधिकार कानुन हुनु हुदैन पुरुषलाइ दमन गर्न पाइदैन, घटनाको सत्यतथ्य छानबिन गर लगायतका नारा पनि लगाएका थिए ।

उनिहरुले प्रहरीमा सन्दिप विरुद्ध परेको बलात्कारको जाहेरीको सत्यतथ्य अनुसन्धान गर्न माग पनि गरे । बलात्कार आरोपित सन्दिपलाई फसाउन खोजिएको र उनको चरित्र हत्या गर्न खोजिएको युवाहरुको आरोप थियो ।

अन्तराष्ट्रियस्तरमा नै देशको नाम उच्च बनाउने खेलाडी सन्दिपलाई फसाउन खोजिएको भन्दै उनिहरुले सन्दिपले न्याय पाउनुपर्ने बताए ।

१७ वर्षिया एक किशोरीलाइ भदौ ५ गते एक होटलमा लगेर बलात्कार गरेको भन्दै सन्दिप विरुद्ध वृत्त गौशाला काठमाण्डौमा गत मंगलबार जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता भएको छ। उक्त जाहेरी पे्पछि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

जाहेरी परेपछि सन्दिपलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीबाट निलम्बित गरेको छ । प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जबरजस्तीकरणी कसुरमा जाहेरी परेको भन्दै क्यानले निलम्बन गरेको हो।

Related posts

यु–१९ महिला क्रिकेटर वीरगन्जकी साना र कलैयाकी अलिशालाई सिमरामा भब्य स्वागत

MadhesKhabar

सिंगापुरलाई पराजित गर्दै नेपाल फाइनलमा

MadhesKhabar

राेहितकाे किर्तिमानी शतकमा अफगानिस्तानमाथि भारतकाे राेमाञ्चक जीत

MadhesKhabar

Leave a Comment