Madhes Khabar
खेलकुद

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत

काठमाडौं,३असारःकप्तान लियोनल मेसीको जादुयी प्रदर्शनको मदतले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले विश्वकप फुटबल २०२६ मा शानदार सुरुआत गरेको छ । कानसास सिटी स्टेडियममा बुधबार बहिान भएको खेलमा मेसीले उत्कृष्ट ह्याट्रिक गरे र त्यसमै टिकेर अर्जेन्टिनाले समूह ‘जे’ को खेलमा अल्जेरियालाई ३–० ले हरायो ।

मेसीले खेलको १७, ६० र ७६ औं मिनेटमा एक एक गोल गरे । अल्जेरियाको पेनाल्टी एरिया बाहिरबाट मेसीले गरेको शक्तिशाली प्रहार पहिलो गोलमा परिणत भएको थियो ।एलेक्स म्याक एलिस्टरले गरेको सुरुआती प्रहार अल्जेरियाका गोलरक्षक लुका जिदानले रोके पनि त्यसमै फर्केको बलमा मेसीले दोस्रो गोल गरे । अल्जेरियाको पेनाल्टी एरियाको ठीक बाहिरबाट गरेको मेसीको प्रहार तेस्रो गोलमा परिणत भएको हो ।

यससँगै मेसीले विश्वकपमा गरेको गोल संख्या १६ पुगेको छ र उनले जर्मनीका मिरास्लोभ क्लोजको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । मेसीले यसै खेलमा अर्जेन्टिनाका लागि दुई सयौं क्याप जिते । यस्तै उनी छैटौं विश्वकप खेल्ने पहिलो खेलाडी पनि बने ।साभारः इकान्तिपुर

Related posts

विश्वकप फुटबलबारे प्रधानमन्त्री बालेनको टिप्पणी: मलाई मनपर्ने देशले खेलेकै छैन

MadhesKhabar

नेपालका क्रिकेटर आसिफले जिते सीएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

MadhesKhabar

फाइनलमा मकवानपुरसंग पर्सा पराजित

MadhesKhabar

Leave a Comment