Madhes Khabar
खेलकुद

विश्वकप फुटबलबारे प्रधानमन्त्री बालेनको टिप्पणी: मलाई मनपर्ने देशले खेलेकै छैन

काठमाडौं,३०जेठ:प्रधानमन्त्री बालेन शाहले जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा आफ्नो मनपर्ने देश सहभागी नभएको बताएका छन्।

विश्वकपको ज्वरोले विश्वभरका फुटबलप्रेमीलाई छोइरहेका बेला शनिबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री शाहले धेरै साथीभाइ तथा शुभेच्छुकले विश्वकपमा कुन देशलाई समर्थन गर्नुहुन्छ भनी प्रश्न गरेको उल्लेख गर्दै आफूले नेपाललाई नै सबैभन्दा बढी माया गर्ने संकेत गरे।

उनले लेखेका छन्, ‘धेरै जना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्ड कपमा ? मेरो फेभरेट देशले खेलेकै छैन !’

Related posts

नेपाललाई भारतले दियाे १७९ रनकाे लक्ष्य

MadhesKhabar

यूएईलाई पराजित गर्दै नेपालले जित्यो यू-१९ प्रिमियर कपको उपाधि

MadhesKhabar

वीरगन्ज सुपर लिग सिजन-२ फागुन २० देखि

MadhesKhabar

Leave a Comment