Madhes Khabar
राष्ट्रिय

पूर्व राष्ट्रपति यादवको टिप्पणी : कांग्रेसको अवस्था राम राम भन्नुपर्ने बेला भइसकेको छ

मधेसखबर
वीरगन्ज, २३ भदौं : पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले नेपाली कांग्रेसले जनता माझ जान पनि अरु दलसँग अंशवण्डा गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौंमा भएको बीपी साहित्य एवं बिपी सेनानी सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति डा.यादवले अहिले टिकट किन्नेलाई काँग्रेसी भन्ने गरिएको बताए । उनले भने ,‘ ‘तपाईंहरुले सुन्नुभएको होला, समानुपातिकमा टिकट बिक्री भएको छ , वार्डको टिकट बिक्री भएको छ, पालिकाको टिकट बिक्री भएको छ, यो सब सुन्दा र हेर्दा कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ ।’

कांग्रेसमा विधि, आदर्श बारे कुरा हुन छाडेको र कांग्रेसका नेता कार्यकर्तामा बीपीको एक गुण पनि नरहेको उनले बताए ।बीपीको जेल डायरी, बीपीको आत्मवृत्तान्त, राजनीतिबारे बिपीले बोलेका विषयहरु पढ्ने फुर्सद कांग्रेसीलाई नरहेको उनले बताए ।

Related posts

एमाले अध्यक्ष ओलीसँग सल्लाह गरेरै नागरिकता विधेयक ल्याइएको हो : गृहमन्त्री खाँण

MadhesKhabar

जेनजी आन्दोलन छानबिनको प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजान्छौ : प्रधानमन्त्री कार्की

MadhesKhabar

प्रचण्ड तेश्राे पटक प्रधानमन्त्रीमा नियुक्त

MadhesKhabar

Leave a Comment