Madhes Khabar
खेलकुद

केन्यासँगकाे वान डे सिरिज नेपालद्वारा क्लिन स्वीप

फाइल फोटो

मधेसखबर
वीरगन्ज,२०भदौं : नेपालले केन्यासँगको एक दिवसीय क्रिकेट शृंखला क्लिन स्वीप गरेको छ ।

तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा साेमबार घरेलु टोली केन्यालाई ६ विकेटले हराउँदै नेपालले शृंखला क्लिन स्वीप गरेको हो ।

नेपालले जितका लागि पाएको २५६ रनको लक्ष्य ४७.१ ओभरमा ४ विकेट गुमाएर भेट्टाएकाे हाे ।

नेपाललाई जिताउन ओपनरद्वय अर्जुन साउद र आसिफ शेख तथा बसिर अहमदले अर्धशतकीय पारी खेलेका थिए ।

साउद ५८ तथा शेख ५६ रनमा आउट भए भने अहमद ५२ रनमा नट आउट रहे । नट आउट रहेका अर्का ब्याट्सम्यान रोहितकुमार पौडेलले ४६ रन बनाए । ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट भए ।

यसअघि टस जितेर पहिला व्याटिङ गरेकाे घरेलु टाेली केन्याले ५० ओभरमा ९ विकेट गुमाउदै २५५ रन बनाएकाे थियाे ।

Related posts

दक्षिण अफ्रिकालाई हराउँदै भारत यू–१९ विश्वकपकाे फाइनलमा

MadhesKhabar

नेपाल र यूएई एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा

MadhesKhabar

आईपीएलमा आज मुम्बइ र दिल्ली तथा लखनउ र गुजरात भिड्दै

MadhesKhabar

Leave a Comment