Madhes Khabar
राजनीति

पर्सा क्षेत्र नम्बर ३ मा एमालेको जित सुनिश्चित भयो: केपी ओली

मधेसखबर

वीरगन्ज,०७ भदौ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्साको  क्षेत्र नम्बर ३ मा एमालेको जित सुनिश्चित भएको दाबी गरेका छन् ।

काठमाडौंमा मङ्गलबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले काङ्ग्रेस र जसपाका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेकाले पर्सा क्षेत्र नम्बर ३ मा अब एमालेको जित सुनिश्चित भएको बताए ।उनले पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा र दुई वटै प्रदेससभा सदस्य एमालेले जित्नेमा आफु ढुक्क भएको बताए।

उनले एमालेमा पार्टी प्रवेश गर्ने लहर चलिरहेकोले तराई मधेसका कुनै पनि निर्वाचन क्षेत्रमा एमाले हार्ने अवस्थामा नरहेको पनि दाबी गरे ।

ओलीले टिकट पाउनैले जित्न तर्फ र टिकट नपाउनेले एमालेलाई जिताउन तफ लाग्न निर्देशन पनि दिए। अहिले विरोधीहरु एमाले विरुद्ध एकजुट भएर लागेकोले उनिहरूको उक्साहटमा नलाग्न उनले नेता कार्यकर्तालाई निर्देशन पनि दिए।

को

Related posts

काँग्रेस केन्द्रीय सदस्य रिजालको निर्देशन : बागीलाई दया देखाउन जरुरी छैन , गठबन्धनलाई नै भाेट हाल्नु हाेला

MadhesKhabar

संविधान दिवसको उपलक्ष्यमा नेविसंघले ठाकुरराम क्याम्पसमा रोप्यो विरुवा

MadhesKhabar

वीरगञ्ज–३२ नवकटोलामा कांग्रेस उम्मेदवार रुँगटाको अगुवा कार्यकर्तासँग भेटघाट

MadhesKhabar

Leave a Comment