Madhes Khabar
हेडलाइन

कालिकामाइमा जनप्रतिनिधी बिच विवाद ,आन्दोलन गर्ने काँग्रेस र एमालेको चेतावनी

मधेसखबर
वीरगन्ज,१८ असार : देशकै कान्छा पालिका प्रमुखले जितेको पर्साको कालीकामाइ गाँउपालिका शुरु मै विवादित बनेको छ ।

२१ वर्षिय बशीष्ट कुमार कलवार पालिका प्रमुखमा निर्वाचित भएको कालीकामाइ गाँउपालिकाले जनप्रतिधनिीहरु बिचको विवादका कारण असारको तेश्रो साता बिति सक्दा पनि गाँउसभा समेत गर्न सकेको छैन ।नप्रतिनिधीहरुको विवादले गाँउपाालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट पनि ल्याउन सकेको छैन ।

पलिका प्रमुख कलवार र उनका आफन्तले आफुखशी वडाको बजेट कटौती गरि योजनाहरु आफनो भागमा राख्न खोजेको आरोप लगाउदै पालिका उपाध्यक्ष सहित वडा अध्यक्षहरुले विवाद गरेपछि पालिकाको गाँउसभा अझै पनि अनिश्चित नै रहेको छ ।

यसै क्रममा गाँउपालिका विधी र प्रकृयासंगत सन्चालन नभए आन्दोलन गर्ने चेतावनी नेपाली काँग्रेस र नेकपा एमालेले दिएका छन् ।

शुक्रबार गाँउपालिका कार्यालयमा पुगेका दुवै पार्टीका नेता र ती पार्टीबाट निर्वाचित वडाअध्यक्षहरुले ध्यानाकर्षणपत्र बुझाउदै पालिका विधी र प्रकृयासंगत सन्चालन गर्नु पर्ने अन्या आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
पालिका प्रमुख कलवार उपस्थिती नभएकाले पालिका उपाध्यक्ष राजमती देवी र प्रमुुख प्रशासकीय अधिकृत अमीत गिरीलाई ध्यानाकर्षण पत्र बुझाउदै उनिहरुले तीन दिन भित्र गाँउपालिकाको आम्दाानी र खर्च विवरण बारेको निर्णय साार्वजनिक नगरिए आन्दोलनको चेतावनी दिएका हुन् ।

पालिका प्रमुृख कलवार र उनका आफनै काका दिनेश कलवारले वडाको बजेट कटौती गरि योजना र कार्यक्रमहरु आफनो भागमा राखेको थाहा पाएपछि विरोध गर्नु परेको वडा नम्बर ४ का वडाअध्यक्ष सन्जय साह कानुले बताए ।

शुक्रबार ध्यानाकर्षणपत्र बुझाउन गएको टोलीमा एमालेका गाउपालिका कमिटी अध्यक्ष अनुप तिवारी, नेपाली कांग्रेसका गाँउपालिका अध्ध्यक्षका प्रत्याशी अजय पटेल , कांग्रेसका पालिका सचिव रामानन्द ठाकुर , वडा नम्बर २ का वडाअध्यक्ष सोनालाल चौरसिया,वडा नम्बर ४ का वडाअध्यक्ष संजय कुमार साह लगायतको सहभागिता रहेको थियो ।

यता गाउँपालिका अध्यक्ष कलवारले भने उपाध्यक्ष राजमती देवीले ३ करोडको याोजना आफनो लागि र हरेक वडमा १÷१ करोड बजेट मागेर अनावश्यक विवाद खडा गरेको उनले बताए । उपाध्यक्ष र वडाअध्यक्षहरुले माग गरे अनुसारको योजना र बजेट दिदा शिक्षा , स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रको बजेट कम हुने भएपछि आफुले त्यसो गर्न नचाहेको उनले बताए । उपाध्यक्ष र अन्य असन्तुष्ट वडा अध्यक्षहरुलाई छलफल मार्फत विवादलाई टुङ्गयाउन अनुरोध गर्दा पनि उनीहरु आफ्नो अडानमा रहेको उनले बताए ।

Related posts

मधेस प्रदेश सरकारमा कांग्रेस ‘इन’ , माओवादी ‘आउट’

MadhesKhabar

भारतले प्याजमा लगायो ४० प्रतिशत निर्यात कर, अब नेपालमा महँगिने

MadhesKhabar

नयाँ वर्षमा वीरगन्जमा तीन दिने रात्री बजार सुरु ,सांसद यादवले गरे मेयर सिंहकाे प्रशंसा

MadhesKhabar

Leave a Comment