Madhes Khabar
शिक्षा

देकुलीको विधालयका बालबालिकाहरुलाइ निशुल्क पाठ्यपुस्तक वितरण

प्रमोद यादव
पर्सा, ३०जेठ : पर्साको पटेर्वासुगौली गाउँ पालिका वडा नम्बर ३ पश्चिम देकुलीमा रहेको गादिमाई आधारभुत विद्यालयका विद्यार्थीहरुलाइ पाठयपुस्तक वितरण गरिएको छ ।
विद्यालयका बाल विकास कक्षा देखि ५ सम्मका गरि १ सय ४१ जना बालबालिकाहरुलाई पाठयपुस्तक वितरण गरिएको हो । सोमबार विद्यालयमै आयोजित कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष माधव राउत थारुले विधार्र्थीहरुलाइ पाठ्यपुस्तक वितरण गरेका हुन् ।
विधालय ब्यवस्थापन समितिकी अध्यक्ष निलम देवीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडाअध्यक्ष  थारुले आफनो वडा भित्रका सबै सामुदायिक विधालयहरुलाइ नमुना विद्यालय बनाउने आफनो प्रमुख उदेश्य रहेको बताए । उनले शिक्षा र स्वास्थ सेवाबाट पालिकाका कोहि पनि जनतालाइ बन्चित हुन नदिने पनि बताए। विद्यालयहरुमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक,पुर्वाधार ,खानेपानी ,शैक्षिक सामग्री लगायतको आधारभुत सबै आवश्यकता पुरा गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
कार्यक्रममा विधालय व्यवस्थापन समितिका सदस्य हरेन्द्र राम, शिक्षिका चन्द्रकली देवी, पुष्पान्जली कुमारी, उमाकान्त दास,कन्चन कुमारी ,प्रमोद प्रसाद लगायतको पनि उपस्थिति रहेको थियो ।

Related posts

वीरगंजमा सार्वजनिक शिक्षा सुदृढिकरणका लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

MadhesKhabar

बड्निहारमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

MadhesKhabar

वीरगन्ज-३० का वडाध्यक्ष यादवकाे अग्रसरतामा ७०० विद्यार्थीलाई स्वीटर र टाेपी वितरण

MadhesKhabar

Leave a Comment