Madhes Khabar
स्वास्थ्य

हराएको २४ लाख कोरोनाको खोप कहा गयो

मधेसखबर
वीरगन्ज,२९जेठः नेकपा एमालेका सांसद खगराज अधिकारीले हराएको २४ लाख डोज खोप बारे सरकारसँग जवाफ मागेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद अधिकारीले हराएको खोप बारे सरकारले प्रष्ट पार्नुपर्ने बताएका हुन् । उनले भने, ‘२४ लाख कोभिड विरुद्धको खोप सरकारले कमिसन लिएका कारण हराएको हो ? सभामुख महोदय । त्यसको जवाफ चाहिँदैन ?’
उनले १३९ वटा औषधि त पहिलै निशुल्क भएको भन्दै नीति तथा कार्यक्रम र बजेटमा नयाँ कुरा नआएको बताए । स्वास्थ्य क्षेत्रमा बजेट घटाइएको भन्दै जनताको स्वास्थ्यप्रति यो सरकार जवाफदेही छ ? भन्दै सरकारलाई उनले प्रश्न गरे । उनले स्वास्थ्य विमा कार्यक्रम कुनै नाफा दिने विमा कार्यक्रम नभएको बताए । बिरामीहरुले पाउनुपर्ने भुक्तानी समेत नपाएको उनको भनाइ छ ।साभारः अन्नपूर्ण पोष्ट

Related posts

वीरगन्ज नाकामा फेरि कोरोनाको चेकजाँच शुरु

MadhesKhabar

तराई र भवानी हस्पिटलको चरम लापरवाही : उपचारमा म्याद गुज्रिएका औषधीहरु प्रयोग गर्दै

MadhesKhabar

विश्व स्वास्थ्य सम्मेलनमा मन्त्री यादवले भने : चुनौतीका बाबजुद नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको छ

MadhesKhabar

Leave a Comment