Madhes Khabar
समाज

तस्करी गरेर ल्याइएको १७ लाख रुपैयाको सामान सहित ट्रक पक्राउ

मधेस खबर
वीरगन्ज,१५जेठ
:सशस्त्र प्रहरीले वीरगन्जको प्रतिमा चोकबाट तस्करीको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्जबाट किराना सामान लिएर हेटौडा तर्फ जादै गरेको ना २ ख ८८३५ नम्बरको ट्रक सशस्त्र प्रहरीले वीरगन्ज १५ प्रतिमा चोकबाट नियन्त्रणमा लिएको हो ।
उक्त ट्रकबाट भन्सार राजश्व नतिरेको १७ लाख ८ हजार ९३ रुपैया मुल्यको हर्लिक्स,ड्राइ फुड्स लगायतका किराना सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद ट्रकको मुल्य २५ लाख र सामानको १७ लाख गरि कुल ४२ लाख मुल्यांकन गरि आवश्यक कार्वाहीका लागि बाराको पथलैया स्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।

Related posts

शिखर इन्स्योरेन्सको वाषिर्कोत्सवको अवसरमा १ सय ५३ जनाद्वारा रगतदान

MadhesKhabar

थारु कल्याणकारी सभा पर्साको साधारण सभा : थारुको अधिकार र पहिचानका लागि एकजुट हुन आह्वान

MadhesKhabar

पर्साका विपन्न र दलित परिवारलाइ झुल वितरण

MadhesKhabar

Leave a Comment