
माधुरी महत्तो
वीरगन्ज,११जेठः पर्सा जिल्लाका १४ पालिका मध्ये १३ पालिकाको उपप्रमुखमा पनि नया अनुहार चुनिएका छन् । वीरगन्ज महानगर सहित १३ वटा पालिकाको उप्रमुखमा यसअघि जितेका मध्ये कोहि पनि दोहरिएका छैनन् ।
१४ पालिका मध्ये एकमात्र पटेर्वासुगौली गाँउपालिकाको उप्रमुखमा यसअघि निर्वाचित नेपाली काँग्रेसकी ममता महत्तो थारु मात्रै पुन दोश्रो कार्यकालका लागि दोहोरिएकी छन् ।बाँकी १३ पालिकाको उपप्रमुखमा , प्रमुखको जस्तै नया अनुहार निर्वाचित भएका हुन् । पर्साको १४ पालिकाका प्रमुखमा पनि छिपहरमाइ गाँउपालिका बाहेक अन्य बाँकी १३ वटा पालिकाको प्रमुख नयाँ अनुहार विजयी भएका छन् ।छिपहरमाइ गाँउपालिका प्रमुखमा यसअघिको निर्वाचनमा माओवादी केन्द्रबाट जितेका मनोज गुप्ता , यसपाली पनि एमालेको उम्मेदवार बनेर विजयी भएका हुन् ।
यस्तै उपप्रमुखमा पनि १४ मध्ये १३ पालिकाको उप्रमुखमा नया अनुहार चुनिएका हुन् ।
पर्साको निर्वाचत १४ पालिका उपप्रमुख मध्ये महिला १३ जना छन् भने पुरुष १ जना मात्रै छन् ।
२०७४ को निनर्वाचनबाट उपप्रमुखमा निर्वाचित १४ मध्ये यसपालीको निर्वाचनमा पनि १ जनाले पालिका प्रमुखमा र ५ जनाले उपप्रमुखमा उम्मेदवारी दिएका थिए ।तर ती मध्ये पटेर्वासुगौली गाँउपालिकामा मात्रै काँग्रेसकी ममता महत्तोले उपप्रमुखमा दोश्रो कार्यकालका लागि दोहोरिने अवसर पाएकी हुन् । अन्य ५ जना भने पराजित भएका छन् । यसअघि उपप्रमुखमा निर्वाचित ८ जनाले यसपाली भने उम्म्ेदवारी नै दिएका थिएनन् ।
वीरगन्ज महानगरपालिकाको उपप्रमुखमा काँग्रेसका इम्तियाज आलम ३०७८ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोसपाका पुरुषोत्तमलाल झाले भने ९५६८ मत मात्रै पाए । २०७४को निर्वाचनमा उपप्र्रमुख निर्वाचित काँग्रेसकी शान्ति कार्कीले भने यसपाली चुनावी प्रतिस्पर्धामा भाग नै लिइनन् ।
पोखरीया नगरपालिकाको उपप्रमुखमा एमालेकी रुवी कुमारी ठाकुर ५१९५ मतका साथ विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी रेहना खातुनले ३९२९ मत मात्रै पाइन् । त्यहा यसअघि उपप्रमुख पदमा निर्वाचित सल्मा खातुनले भने यसपाली चुनावी प्रतिस्पर्धाम भाग नै लिइनन् ।
पर्सागढी नगरपालिकाको उपप्रमुखमा एमालेकी पुजा चौधरी ७६१६ मतका साथ निर्वाचित भएकी छिन् ।उनकी निकटम प्रतिद्वन्द्वी निवर्तमान उपप्रमुख एंव काँग्रेसकी उम्मेदवार अर्चना चौधरीले ३ हजार ४ सय ३० मत मात्रै पाइन् ।
बहुदरमाइ नगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुष्मा कुमारी कुशवाहा ६४४० मतका साथ निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी काँग्रेसकी सोनामति देवी यादवले ५५२५ मत मात्र पाइन् । त्यहा यसअघि निर्वाचित उपप्रमुख गायत्री देवीले पनि यसपाली चुनाव लडिनन् ।
सखुवाप्रसौनी गाउँपालिकाको उपप्रमुखमा जसपाकी शर्मिला बिष्ट ४४६८ मतका साथ निर्वाचित भएकी छिन् । उनकी निकटतम प्रतिस्पर्धी निवर्तमान उपप्रमुख एंव एमाले उम्मेदवार फुलमति कुमारी थरुनीले भने ४२५६ मत मात्रै पाइन् ।
जगरनाथपुर गाँउपालिकाको उपप्रमुखमा काँग्रेसकी बबीता सिंह ५५३१ मतका साथ निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार मीरादेवी कुर्मीले ३३४५ मत मात्रै पाइन् ।त्यहा उपप्रमुखमा मुख्यमन्त्री लालबाबु राउतकी पत्नि जसपा उम्मेदवार जलेखा खातुन भने ३१२३ मत पाएर तेश्रो स्थानमा सिमित भइन् । त्यहा ययसअघि उपप्रमुखमा निर्वाचित बिस्मिल्लाह खातुनले भनने चुनाव नै लडिनन् ।
छिपहरमाइ गाँउपालिकाको उपप्रमुखमा काँग्रेसकी लीलावती देवी कानु ३८०१ मतका साथ निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार एंव निवर्तमान उपाध्यक्ष मोदीना खातुनले भने ३५९० मत मात्रै पाइन् ।
बिन्दवासिनी गाउँपालिकाको उपप्रमुखमा एमालेकी ज्योति देवी चौरसिया २३६६ मत ल्याएर निर्वाचित भएकी छन् । उनको निकटतम् प्रतिद्वन्दी माओवादी केन्द्रकी सुनिता चौरसियाले २२८७ मत मात्रै प्राप्त गरिन् । त्यहा निवर्तमान उपप्रमुख एंव काँग्रेस उम्मेदवार किरण देवी गुप्ता २२८१ मतका साथ तेश्रो स्थानमा रहिन् ।
पकाहामैनपुर गाउँपालिकाको उप्रमुखमा कांग्रेसकी सरफुन नेशा ४१४१ मतका साथ निर्वाचित भएकी छन् ।उनकी निकटम प्रतिद्वन्द्वी एमालेकी निर्मला कुमारी चौरसियाले भने १८७२ मत मात्रै प्राप्त गरिन् । त्यहा यसअघि निर्वाचित उपप्रमुख कुशमी देवीले भने चुनाव नै लडिनन् ।
कालिकामाई गाउँपालिकाको उपप्रमुखमा कांग्रेसकी राजमति बरैनी ३९८२ मतका साथ निर्वाचित भएकी छिन् ।उनका निकटम प्रतिद्वन्द्वी जसपाकी सहानी खातुनले ३८५९ मत पाएकी छिन् । कालीकामाइ गाँउपालिकामा यसअघि उपप्रमुखमा निर्वाचित भएका राजेशकुमार चौरसीयाले यसपााली भने एमालेबाट प्रमुखमा उम्मेदवारी दिएका थिए । तर उनि पनि १३१७ मत पाएर तेश्रो स्थानमा रहि पराजित भएका छन् ।

