Madhes Khabar
स्थानिय

निवर्तमान वडाअध्यक्ष रामनगीना भन्छन् – हारे पनि वडा र वडावासीको सेवामा निरन्तर रहन्छु

मधेसखबर
वीरगन्ज,०८जेठः
वीरगन्ज महानगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा पराजित नेपाली काँग्रेसका उम्मेदवार एंव निवर्तमान वडाअध्यक्ष रामनगीना प्रसाद कानुले यसपटकको चुनावी प्रतिस्पर्धामा पराजित भएपनि वडाको विकास र वडावासीको सेवामा आफु निरन्तर लागि रहने बताएका छन् ।
मधेसखबर डटकमसंग कुरा गर्दै निवर्तमान वडाअध्यक्ष कानुले स्थानीय तह निर्वाचनमा अकंगणीतीय हिसाबले आफु पराजित भएपनि हारलाइ सहर्ष स्वीकार गरेको पनि बताए् ।यसपाली पराजित भएपनि वडाको विकास र समृद्धि अनि वडावासीको सुखदुखमा यसअघिकै जस्तो आफनो चासो र साथ रहिरहने कानुले बताए ।
उनले भने ,‘ चुनावमा हारजित भइ नै हाल्छ , जनताको सेवा गरेको थिए , केहि कमीकमजोरी भएको कारणले हुन सक्छ सर्वाधिक मत पाउन सकिन , हारलाइ सहर्ष स्वीकार्छु तर यो वडाको विकासमा मेरो चासो रहिरहनेछ , वडावासीको सुखदुखमा म सदैव संगै रहनेछु ।
नवनिर्वाचित वडाअध्यक्ष र सदस्यहरुलाइ बधाइ ज्ञापन र सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनले भने ,‘ म र मेरो समुह तथा काँग्रेसको रुख चिन्हमा मत दिने नदिने, चुनावमा काँग्र्रेसका लागि रातदिन नभनि अहोरात्र खट्ने सबै नेता कार्यकर्ताहरु प्रति कृतज्ञ छु , यस्तै साथ सहयोग आगामी दिनमा पाउनेमा विश्वस्त पनि छु ।उनले आफनो पराजयमा हतास नबन नेता कार्यकर्ता , समर्थक र शुभचिन्तकहरुलाइ अपिल पनि गरे ।
वडामा निर्वाचित नवनेतृत्वले आवश्यक ठानेमा आफनो साढे ४ वर्षको कार्यकालको अनुभव र सल्लाह दिन आफु तत्पर रहने पनि निवर्तमान वडाअध्यक्ष कानुले बताए ।
उनले आफनो साढे ४ वर्षको कार्यकालमा आफु माथि कुनै पनि किसिमको नकरात्मक प्रश्न नउठेको र सदैव वडा र वडावासीको हितमा काम गरेको जिकिर पनि गरे ।

Related posts

वीरगन्ज महानगरको अग्रसरतामा ठाँउ ठाँउमा अत्याधुनिक सिसिटिभी क्यामेरा जडान

MadhesKhabar

बाराकाे जंगलमा पाटे बाघ मृत अवस्थामा फेला

MadhesKhabar

कलैयाका क्याम्पस चिफ हत्या प्रकरण :मुख्य ‘सुटर’ एसपीलाई नै चक्मा दिएर फरार

MadhesKhabar

Leave a Comment