
मधेसखबर
वीरगन्ज, ०८ जेठ :जसपाका युवा नेता सुशील कुमार कानुले दोश्रो पटकको प्रयासमा सफलता हात पारेका छन् ।
सुशील, वीरगन्ज महानगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
काँग्रेसको गढ भन्ने गरिएको वीरगन्ज महानगरको वडा नम्बर १० मा निवर्तमान वडाअध्यक्ष रामनगीना प्रसाद कानुलाइ ४७३ मतको अन्तरले पराजित गर्दै सुशील वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
सुशीलले १५९६ मत पाउदा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार रामनगीनाले भने ११२३ मत मात्रै पाएका छन् । नेकपा एमालेका उम्मेदवार अजय साह कानुले भने ८१९ र स्वतन्त्र उम्मेदवार जय प्रकाश खेतानले २३० मत पाएका छन् ।
वडाअध्यक्षमा निर्वाचित सुशील, महानगरपालिकाको निवर्तमान कार्यपालिका सदस्य पनि हुन् ।
२०७४ को निर्वाचनमा भने सुशील , रामनगीनासंगै १२० मतको अन्तरले वडाअध्यक्षमा पराजित भएका थिए ।त्यसबेला सुशीलले १२१९ मत पाएका थिए भने रामनगीनाले १३३९ मत पाएका थिए ।
त्यसलगत्तै भएको कार्यपालिका सदस्यको निर्वाचनमा भने तत्कालीन संघीय समाजवादी फोरम र हालको जसपाबाट उम्मेदवार बनेर उनि कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए ।

