Madhes Khabar
राष्ट्रिय

लोडसेडिङ हुने हल्ला सही होइन : ऊर्जामन्त्री बस्नेत

काठमाडौं,१४चैतःऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै ऊर्जामन्त्री बस्नेतले मिडियामा समाचारहरू आएअनुसारको समस्या नभएको दाबी गरेका हुन् ।

मन्त्री बस्नेतले केही दिनदेखि भारतबाट विद्युत खरिद सम्झौता नविकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार भएको बताए । ‘लोडसेडिङ हुँदैछ रे । भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण हुँदैछन् भन्ने बाहिर समाचारहरू आइरहेको छ । त्यो सही होइन । नियमित प्रक्रियामा प्रत्येक वर्ष सरकारले नविकरण गर्ने प्रक्रियामा हुन्छ । हामी त्यो प्रक्रियामा छौं । त्यो भारत सरकारसँग नवीकरण हुन्छ । प्रक्रियागत रूपमा काम चलिरहेको छ,’ मन्त्री बस्नेतले भने ।

विद्युत खरिद सम्झौतामा हरेक वर्ष प्रतिस्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको उल्लेख गरे । उनले बाहिर आएजस्तो भारतले विद्युत् आयात गर्ने अनुमति नवीकरण नगर्ने भन्ने अवस्था नभएको बताए । उनले भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरणको प्रक्रियाको काम भइरहेको हुँदा आयात अनुमति नवीकरण हुने भन्दै लोडसेडिङ नहुने जिकिर गरे ।

भारतीय प्रतिस्पर्धी बजार इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) बाट बिजुली आयातको अनुमति नवीकरण नहुने भन्ने हल्लामा वास्तविकता नभएको उनले बताए । उनले भारतबाट बिजुली आयात अनुमति नहुने भनेर आवश्यकता भन्दा बढी चर्चा गर्न उपयुक्त नभएको बताए ।साभार : ईकान्तिपुरबाट

Related posts

देशभरिमै उत्कृष्ट भई सम्मानित भएका पर्साका एसपी मिश्रकाे ७ महिनापनि नबित्दै सरुवा

MadhesKhabar

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुई डाक्टर पक्राउ

MadhesKhabar

सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने महावीर पुनको चेतावनी

MadhesKhabar

Leave a Comment