Madhes Khabar
राष्ट्रिय

वीरगन्ज ९ मा काँग्रेसको प्यानल विजयी , वडाअध्यक्षमा गुप्ता निर्वाचित

मधेसखबर
वीरगन्ज,०६ जेठ :
वीरगन्ज महानगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा नेपाली काँग्रेसका जवाहर प्रसाद गुप्ता विजयी भएका छन्

। निवर्तमान वडाअध्यक्ष एंव जसपाका उम्मेदवार मनोज प्रसाद कलवारलाइ ६८ मतले पछि पार्दै गुप्ता वडाअध्यक्षमा जितेका हुन् । गुप्ताले ६१२ मत पाउदा कलवारले भने ५४४ मत मात्रै पाएका छन् । त्यहा एमालेकी उम्मेदवार मिनाक्षी गुप्ता भने ६५ मत मात्रै सिमित भएकी छन् ।

वडा नम्बर ९ मा वडा अध्यक्ष , दुइ खुल्ला सदस्य , महिला सदस्य र दलित महिला सदस्य सहित ५ वटै पद काँग्रेसले जितेको छ ।

Related posts

नेपालमा पनि ७ जनामा काेराेना पुष्टि

MadhesKhabar

खोरमा राखिएका नरभक्षी बाघ पाल्न पर्सा राष्ट्रिय निकुञ्जलाई समस्या

MadhesKhabar

छिपहरमाइको कार्यपालिका निर्वाचनमा पनि काँग्रेस र जसपा विजयी

MadhesKhabar

Leave a Comment