Madhes Khabar
राजनीति

गठबन्धनका राजेशमानले अग्रता थप्दै , सरावगी ४५ सय मतले पछि

क्रान्ति शाह
वीरगन्ज,०३ जेठ
:वीरगन्ज महानगरको जारी मतगणनामा मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले अग्रता फराकिलो बनाउदै लगेका छन् ।
मतगणना शुरु भएदेखि नै अग्रता कायम राखेका सिंहले अहिले ४५०९ मतको अग्रता लिएका छन् ।
मङगलबार अहिले बिहान साढे ११ बजे सम्म १६४४७ मत गणना हुदा जसपाका उम्मेदवार सिंहले ८१३१ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेयर उम्मेदवार विजय कुमार सरावगीले भने ३६२२ मत मात्रै पाएका छन् । मेयरमा राप्रपाका उम्मेदवार गिरिश गिरीले भने २७३ मत पाएका छन् ।
महानगरको उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार इम्तियाज आलम ५४२३ मतका साथ अग्रस्थानमा छन् । उनलाइ लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ९१० मतका साथ पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले भने ५९३ मत र राप्रपाकी उपमेयर उम्मेदवार विना जयसवालले ४२० मत पाएकी छन् ।

Related posts

बारा २ काे उम्मेदवारमा कांग्रेसबाट यादवकाे एकल नाम सिफारिस 

MadhesKhabar

चीनसंग गरिएको बिआरआई सम्झौता नेपालको स्वाधीनतामाथि हस्तक्षेप : अध्यक्ष यादव

MadhesKhabar

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई भेटे

MadhesKhabar

Leave a Comment