Madhes Khabar
राजनीति

नागरिक उन्मुक्ति पार्टीले फिर्ता लियो नेपाल बन्दको कार्यक्रम

काठमाडौं,५जेष्ठ : नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ। पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै जेठ ६ गतेदेखि आह्वान गरिएको नेपाल बन्दको कार्यक्रम स्थगित गरेको जानकारी दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमै फौजदारी विधेयकमार्फत् राजबन्दीको रिहाइ गर्ने बताएपछि आन्दोलन फिर्ता लिएको प्रवक्ता पण्डितले जानकारी दिएका छन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीलाई सर्वोच्च अदालतले टीकापुर घटनामा जन्मकैद फैसलालाई सदर गरेपछि नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको आह्वान गरेको थियो।

‘सरकार पक्षबाट सम्मानीय प्रधानमन्त्रीले सदनमै लाल आयोग प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भइसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्ने प्रतिबद्धता जाहेर गर्नुभएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकोले प्रेस विज्ञप्तिमा आहवान गरिएको ‘नेपाल बन्द’ कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

Related posts

गृहमन्त्रीले राजिनामा नदिए आन्दोलन थप चर्काउने राप्रपाकाे चेतावनी

MadhesKhabar

अब पनि नागरिकता विधेयक पास नभए आन्दोलन गर्ने सांसद यादवको चेतावनी

MadhesKhabar

अबको युग दलित, मुश्लिम र आदिवासीको हुनेछ : पूर्ब मुख्यमन्त्री राउत

MadhesKhabar

Leave a Comment