Madhes Khabar
राजनीति

सरकारकोे विरोधमा हुने प्रदर्शनमा सहभागी नहुन रास्वपाको निर्देशन

सिरहा,२५ वैशाखःसिरहाको बरियारपट्टी गाउँपालिकामा रहेको छोटी भन्सार कार्यालय हटाउने सरकारी निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाले ध्यानाकर्षण जनाएको छ । रास्वपा सिरहाका जिल्ला सभापति हरिप्रसाद मैनालीले एक ध्यानाकर्षणपत्र जारी गर्दै छोटी भन्सार कार्यालयलाई विस्थापित गर्नुको सट्टा आधुनिक सेवा–सुविधासम्पन्न भन्सार कार्यालयका रूपमा विकास गर्न सरकारसँग माग गरेको छ ।

यस्तै पत्रमा सिरहाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बलराम गुप्ता, शिवशंकर यादव, डा. शम्भुकुमार यादव, तपेश्वर यादव, डा. ललिताकुमारी शाह र पुरुषोत्तम यादवलगायत राज्य र जनताको हितअनुकूल पहल गर्न अनुरोध गरिएको छ ।

यस्तै सोही ध्यानाकर्षण पत्रमा रास्वपा सिरहाले पार्टीका नेता–कार्यकर्ता तथा पदाधिकारीलाई सरकारको निर्णयविरुद्ध सडक आन्दोलन, प्रदर्शन तथा विरोधका कार्यक्रम नगर्न निर्देशन दिएको छ ।

बरियारपट्टी छोटी भन्सार कार्यालय हटाउने सरकारी निर्णयपछि स्थानीयवासी तथा व्यापारीहरूले निरन्तर विरोध तथा आन्दोलनका कार्यक्रम हुँदैआएका छन् ।साभारः अनलाइनखबर

Related posts

रास्वपाले पर्सा जिल्लामा दुई महिने संगठन निर्माण अभियान सञ्चालन गर्दै

MadhesKhabar

मधेसका मुख्यमन्त्री यादवले दिए राजिनामा

MadhesKhabar

सत्ता गठबन्धन भित्र प्रतिनिधि सभा तर्फकाे सिट भागबन्डामा लगभग सहमति जुट्याे

MadhesKhabar

Leave a Comment