Madhes Khabar
स्थानिय

वीरगन्जमा सरावगी भन्दा राजेशमान २८२७ मतले अगाडि

मधेसखबर
वीरगन्ज ,२ जेठ
:मधेस प्रदेशको एक मात्र वीरगन्ज महानगरको मेयरमा गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंहले शुरु देखि नै कायम राखेको फराकिलो अग्रता , दोब्बर भन्दा बढि पुगेको छ ।
सोमबार बेलुकी ६ बजे निर्वाचन कार्यालयले उपलब्ध गराएको आधिकारीक विवरण अनुसार ,१०४८१ मतको गणना हुदा मेयर पदमा सिंह ५१३३ मतका साथ अग्र स्थानमा छन् ।
उनलाइ , एमालेका उम्मेदवार विजय कुमार सरावगीले २३०६ मतका साथ पछ्याइरहेका छन् ।
मेयरमै राप्रपाका गिरिश गिरीले १५० मत पाएका छन् ।
यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार इम्तियाज आलमले ३०१० मतका साथ अग्रता कायम राखेका छन् ।
लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले भने ४८९ मत पाएका छन् । उपमेयरमै स्वतन्त्र उम्मेदवार रम्भा मिश्रा भने २०७ मतका साथ तेश्रो स्थानमा छिन् । स्वतन्त्र उपमेयर उम्मेदवार रम्भा मिश्राले ३१२मत पाएकि छन् ।
३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा शुक्रबार भएको मतदानमा ७३ प्रतिशत अर्थात ९४ हजार ६ सय मत खसेको थियो ।

Related posts

अतिक्रमण गरी बनाइएका संरचनामा वीरगन्ज महानगरले फेरि चलायाे डाेजर

MadhesKhabar

बारामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

MadhesKhabar

परवानीपुरको कार्यक्रममा प्रधानमन्त्री ओलीले बारा–पर्सावासीलाई पारे निरास

MadhesKhabar

Leave a Comment