Madhes Khabar
अन्तर्राष्ट्रिय

श्रीलंकामा हिंसात्मक प्रदर्शन , एक सांसदको मृत्यु , पुर्वमन्त्री र सांसदको घरमा आगजनी

तस्बिर :न्युजफस्र्टडटएलके

मधेसखबर
वीरगन्ज,२७ बैशाख :
श्रीलंकामा सोमबार भएको हिंसात्मक झडपको क्रममा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ ।
झडपमा १ सय ३० जना भन्दा धेरै घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । समाचार एजेन्सी एएफपीले प्रहरीलाई उद्धृत गर्दै सांसद पी अमरकीर्थी अथुकोरालाको मृत्यु भएको पुष्टि गरेको छ ।स्थानीय मिडियाका अनुसार एक सांसद र एक पूर्वमन्त्रीको घरमा सोमबार साँझ भीषण आगजनी पनि गरिएको छ । पूर्वमन्त्री जोनस्टन फर्नान्डोको माउन्ट ल्याभिनियामा रहेको घर र सांसद सनथ निशान्तको घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।
उक्त घटनास्थलको भिडियो फुटेज सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल बनेको छ । घटनास्थलको उक्त भिडियोमा भीषण रुपमा आगजनी भइरहेको र धुवाँको मुस्लो देखाइएको छ ।सरकारले कर्फ्यू लगाइरहँदा पनि हजारौं मानिस सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् ।
सामेबारको प्रदर्शनलाई श्रीलंकामा अहिलेसम्म भएका सरकार विरोधी प्रदर्शनमध्येकै सबैभन्दा ठूलो भएको बताइएको छ ।सोमबार बिहानैदेखि प्रधानमन्त्री महिन्दा राजापाक्षेका समर्थकहरूले प्रदर्शन गरिरहेका थिए । यसैबीच सोमबार दिउँसो महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । २ करोड जनसंख्या रहेको श्रीलंकामा आर्थिक संकटसँगै पछिल्लो समय राजनीतिक संकट उत्पन्न भएको छ । साभार :कान्तिपुर

Related posts

विषाक्त रक्सी पिउँदा बिहारमा २० जनाकाे मृत्यु, ३ जना पक्राउ

MadhesKhabar

भारतीय प्रधानमन्त्री माेदीकी आमा हिराबेनकाे निधन

MadhesKhabar

अफगानिस्तानले पाकिस्तानबाट गहुँ र पीठो किन्न पूर्ण रूपमा बन्द गर्‍यो

MadhesKhabar

Leave a Comment