Madhes Khabar
अन्तर्राष्ट्रिय

जाजरकोट भूकम्पप्रति दु:ख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने- सहयोग गर्न तयार छौं

काठमाडौं,१८कार्तिक:जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भारती प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् ।

उनले भारत नेपाली जनताको दु:खको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा अहिलेसम्म १४१ जना भन्दा बढीको मृत्यु भएको छ ।

Related posts

बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा तारिक रहमानको आज सपथ

MadhesKhabar

भारतले पाकिस्तानमा ३६ घण्टाभित्र आक्रमण गर्नसक्ने

MadhesKhabar

सात तल्ले भवनमा भएकाे आगलागीमा परेर ४४ जनाकाे मृत्युु

MadhesKhabar

Leave a Comment