
माधुरी महत्तो
वीरगन्ज,२१ बैशाख : पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ जितपुर टोल स्थित एक घरमा खाना पकाउने क्रममा एलपि ग्याँसको सिलिण्डरबाट आगलागी हुदा सामान्य क्षति भएको छ ।
जितपुरटोलका फरियाद मियाको घरमा बुधबार बिहान खाना पकाउने क्रममा अचानक ग्याँस सिलिण्डरमा आगो लागेको हो । सिलिण्डरमा लागेको आगो घरमा सकिःल्दा लत्ताकपडा , भाडाकुडम र केहि नगद जलेर नष्ट भएको छ ।
पोखरीया नगरपालिकाको वारुणयन्त्र समयमै पुगेर आगो निभाएकोले धेरै हुन क्षति हुन नपाएको सशस्त्र प्रहरी निरिक्षक केदार राईले बताए । घरमा लागेको आगो वारुणयन्त्रको मदतमा सशस्त्र प्रहरी , नेपाल प्रहरी र स्थानीयले मिलेर निभाएको राइले जानकारी दिए ।

