Madhes Khabar
समाज

बाराबाट एकसाथ हराएका पाँच बालिका काठमाण्डौमा भेटिए

सांकेतिक तस्वीर

माधुरी महत्तो
वीरगन्ज, १८ बैशाख
:बाराबाट हराएका ५ जना बालिकाहरु काठमाण्डौमा फेला परेका छन् ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ हुलास टोलका ५ जना बालिकाहरु बैशाख १५ गते परिवारबाट सम्पर्क विहिन भएका थिए ।
हुलास टोलका सानु कान्छा लामाकी छोरी १६ वर्षिया सविना तामाङ ,राजन विश्वकर्माकी छोरी १३ वर्षिया सुविसा विश्वकर्मा, सागर बुढाथोकीकी छोरी १५ वर्षिया निकिता बुढाथोकी, युवराज बल तामाङकी छोरी १६ वर्षिया सुनिता बल र हरि बहादुर राईकी छोरी १६ वर्षिया सन्ध्या राई बैशाख १५ गते एकै साथ घरबाट निस्किएका थिए ।
परिवारका अभिभावक र सदस्य कसैलाइ पनि जानकारी नदिइ पाचै जना बालिकाहरु एकसाथ सम्पर्क विहिन भएपछि अभिभावकहरुले इलाका प्रहरी कार्यालय सिमरामा खोजतलाशको निवेदन दिएका थिए ।
त्यसपछि प्रहरीले उनिहरुको खोजी कार्य शुरु गरेको र त्यहि क्रममा उनिहरुलाइ शनिवार काठमाण्डौमा एकैठाँउबाट फेला पारेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

Related posts

पर्साको सखुवा प्रसौनीको दलितबस्तीमा आगलागी पिडित तीन परिवारलाई खाद्यान्न सहयोग

MadhesKhabar

पर्सामा एक महिनामै ६७ घरेलु हिंसाका उजुरी, अधिकांश मिलापत्रमार्फत टुंगिए

MadhesKhabar

लागुऔषध सहित सर्लाही र धादिङका चार युवक वीरगन्जबाट पक्राउ

MadhesKhabar

Leave a Comment