
मधेशखबर
वीरगंज १६ बैशाखा :काठमाडौ महानगरपालिकामा लोकतान्त्रिक समाजवादि पार्टि (लोसपा)को उम्मेदवारी खारेज भएको जनाईएको छ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि कुनै दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको पाइएमा दुवै पदको उम्मेदवारी खारेज गराउन निर्देशन दिए अनुसार लोसपाले काठमाडौ महानगरपालिकाको लागि प्रमुख र उप्रमुख मध्ये कुनै एक पदमा महिला उम्मेदवार नउठाएकोले उम्मेदवारी खारेज गरीएको हो । अब लोसपाले भने चुनाव लड्न नपाउने महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । काठमाडौ महानगरपालिकामा लोसपाबाट प्रमुखमा डानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्कीले उम्मेदवारी दिएका थिए ।

