Madhes Khabar
राजनीति

राप्रपाबाट वीरगन्जमा मेयरको उम्मेदवार पत्रकार गिरिश गिरी

माधुरी महत्तो
वीरगन्ज , १० बैशाख
: राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वीरगन्ज महानगरपालिकाको मेयरमा पत्रकार गिरिश गिरीलाइ उम्मेदवार बनाउने निर्णय गरेका छन् ।
तत्कालीन वीरगन्ज उपमहानगरपालिका पुर्व मेयर गोपाल गिरीका छोरा गिरिशलाइ राप्रपाले आउदै गरेको स्थानीय तह निर्वाचनमा वीरगन्जको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । काठमाण्डौमा शनिवार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले वीरगन्ज महानगरमा मेयरको उम्मेदवार पत्रकार गिरिशलाइ बनाउने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यस्तै वीरगन्जको उपमेयरमा विना जयसवाललाइ उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।राप्रपाले वीरगन्ज महानगरको उम्मेदवार बनाएपछि पत्रकार गिरिशले आफनो फेसबुक पेजमा लेखेका छन्, ’जय जन्मभूमि । वीरगन्ज महानगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी प्रस्तुत गर्दैछु । म लगायत मेरो टिमका पक्षमा गरिने प्रत्येक मतदानले नवीन वीरगन्जका पक्षमा आफूलाई पंक्तिबद्ध गर्ने विश्वास दिलाउँछु ।
उनले आफनो जीवनभर संगालेको अनभुव र इमान्दारितालाइ नै आधार बनाएर मेयरमा उम्मेदवारी दिन लागेको र वीरगन्जवासीले आफुलाइ मेयरमा निर्वाचित गराउने विश्वास लिएको बताएका छन् ।गिरिशका बुबा गोपाल गिरि वीरगन्जको मेयर रहेकै बेला २०६० साल माघ १ गते तत्कालीन नेकपा माओवादीले गोली हानी हत्या गरेको थियो ।
वीरगन्ज महानगरको मेयरमा सत्तागठबन्धन बिचको सहमति अनुसार जसपबाट राजेशमान सिंह र एमाले लोसपाको गठबन्धनबाट एमालेका विजय कुुमार सरावगीले उम्मेदवारी दिने निश्चित भइसकेको छ ।

Related posts

पत्रकारलाई कुटेको आराेपमा पुर्वमन्त्री महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी

MadhesKhabar

चुनावमा परिचालन गर्न पर्सामा पनि रास्वपाको ‘र्‍याट’ दस्ता गठन

MadhesKhabar

रमेश कुर्मी भन्छन् : झुठा आश्वासन बाँड्नेहरुसंग सतर्क रहनु हाेला

MadhesKhabar

Leave a Comment