रूपन्देही,२४कात्तिकःरुपन्देहीमा पटाका पड्काएर अतिशबाजी गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पटका पड्काउने क्रममा एक जना घाइतेपनि भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सोमबार बेलुकी पौने ७ बजे रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर १ स्थित हात्तिबजार चोकमा लालिगुँरास युवा क्लबले भैलो खेलिरहेको अवस्थामा पटाका पड्काउँदा एक जना घाइते भएका हुन्।उक्त घट्नामा संलग्न कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर २ बस्ने कृष्ण परियार र आर्यन परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते युवकको हाल उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, रुपन्देही जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा पटाका पड्काई आतिशबाजी गरिरहेको अवस्थामा अन्य ५ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा कपिलवस्तुको बाणगंगा–२का कृष्ण परियार ,त्यहि घर भएका आर्यन परियार,रुपन्देहीको रोहिणी–३ का किसन मिश्र, वडा नम्बर ४ का पञ्चम हरिजन, वडा नम्बर १ का अंगत कुमार कहार, सिद्धार्थनगर–४ का हेमसल बरई , बुटवल–११ का सन्देश परियार रहेका छन् ।

