काठमाडौं,२४कात्तिकः नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् ।उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने भएका हुन् ।
थापाको सचिवालयले छठ पूजाको दिन सभापति थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा जाने कार्यक्रम तय भएको जनाएको छ ।सचिवालयले भनेको छ, ‘भोलि सामान्य तरिकाले घरमै तिहार मनाउने कार्यक्रम छ ।’
सचिवालयका अनुसार सभापति थापा आज (मंगलबार) नेपाल संवतको कार्यक्रम र म्हः पूजामा सहभागी भएका छन् ।गतवर्षको छठ पर्वमा भने थापा वीरगन्ज आएर घडिअर्वा छठघाटमा छठी माईको पूजापाठ गरेका थिए ।

