Madhes Khabar
शिक्षा हेडलाइन

पर्साकाे मसिहानीमा कक्षा-११ का विद्यार्थीहरुलाई अध्यक्ष यादवद्वारा काेर्ट-पाइन्ट वितरण

वीरगन्ज,२०कात्तिक:पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीमा अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकाे कक्षा ११ मा अध्ययनरत छात्र-छात्राहरुलाई काेर्ट र पाइन्ट वितरण गरिएको छ।

शुक्रबार विद्यालयमै आयाेजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले कक्षा ११ मा अध्ययनरत ८५ जना विद्यार्थीहरुलाई काेर्ट र पाइन्ट वितरण गरेका हुन् ।

उच्च शिक्षा अध्ययनका लागि किशमेर-किशाेरीहरुलाई प्राेत्साहित गर्ने उदेश्यले गाउँपालिका तर्फबाट विद्यालय पाेशाकका रुपमा काेर्ट-पाइन्ट वितरण गरिएको अध्यक्ष यादवले बताए ।

गाँउपालिका अध्यक्ष यादवकै प्रमुख आतिथ्यतामा आयाेजित उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुस्लिम मियाँ,प्रधानाध्यापक हस्मुदिन राउत गदी, शिक्षक-शिक्षिका,अभिभावक लगायतकाकाे पनि सहभागिता थियाे।

Related posts

पिएचडी उपाधि हासिल गरेका ठाकुरराम क्याम्पसका ३ प्राध्यापकहरु सम्मानित

MadhesKhabar

वीरगन्जका सामुदायिक विद्यालयहरुबाट एसईईमा उत्कृष्ट अंक ल्याउने २१ जना विद्यार्थी सम्मानित

MadhesKhabar

बारामा बोक्सीको आरोप लगाएर महिलाको कपाल काटेर गरियो निर्घात कुटपिट

MadhesKhabar

Leave a Comment