काठमाडौं,१९कात्तिकः नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ ।टीयु क्रिकेट स्टेडियममा भएको खेलमा लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले पूरै २० ओभर खेल्दा ८ विकेट गुमाएर ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।
जनकपुरका लागि कप्तान हर्मीत सिंहले २० बल खेल्दै ३ छक्का मदतमा सर्वाधिक ३३ रन बनाए । आदित्य महताले २३ बल खेल्दै ४ चौका मदतमा अविजित ३० रन बनाए । यस्तै बंगलादेशी खेलाडी सेफ हसनले २५ बल खेल्दै ४ चौका मदतमा २८ रन तथा ओपनर तृतराज दासले १८ बल खेल्दै १ चौका मदतमा १८ रन बनाए ।
लुम्बिनीका लागि बलिङमा डार्शी सर्टले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । तिलक भण्डारीले २ तथा रुबेन ट्रम्पलम्यान र शेर मल्लले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो ।लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बल खेल्दै ४ चौका र १ छक्का रहार गरे । निरोशन डिकवेलाले २७ बल खेल्दै २ चौका र १ छक्का मदतमा २७ रन नै जोडे ।आसिफ शेख र दिलिप नाथले समान २१ रन जोड्दा शामिन हुसेनले १३ रन बनाए ।
जनकपुरका लागि अभिषेक तिवारी र राहुल यादवले समान ३ विकेट लिए । विशाल सुशलिङ र राहुल २–२ विकेट लिए । कप्तान हर्मीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले १–१ विकेट लिए ।
लुम्बिनीले यस सिजन खेलेको तीनवटै खेलमा जित हात पारेको छ भने चितवन राइनोज विरुद्धको खेलमा वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । जनपकपुरलाई हराएपछि लुम्बिनी चार खेलबाट ७ अंकसहित शीर्ष स्थानमा कायम छ र प्लेअफ पुग्ने होड बलियो बनाएको छ ।
पाँच खेल खेलिसकेको जनकपुरको भने यो तेस्रो हार हो र यस हारपछि प्लेअफ पुग्न जनकपुरलाई बाँकी दुवै खेल जित्नुपर्ने आवश्यकता बनेको छ ।

