वीरगन्ज,१८कात्तिक:चितवनमा प्रहरीले ठूलाे परिमाणमा पटाकासहित दुई भारतीय नागरिक लाई पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा भारतकाे बिहार राज्यकाे माेतिहारीका ४१ वर्षीय सञ्जय साह तेली र २९ वर्षीय राज जैसवाल उर्फ कन्हैया कुमार रहेका छन् ।
भरतपुर महानगरपालिका -३ बाट ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरका पटाका सहित दुवै जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनीहरूकाे साथबाट झिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत ८० हजार ३७२ थान पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद पटाकाको अनुमानित बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ रहेको र उनीहरूको साथबाट १ लाख ७२ हजार ३०० रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

