Madhes Khabar
समाचार

अख्तियार प्रमुखलाई गृहमन्त्री गुरुङले भने: धमाधम फाइल खोल्नुस्, ‘ठूला माछा’ समातौँ

काठमाडौं,२३चैतःगृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भेटेर भ्रष्टाचारका मुद्दाको अनुसन्धान र अभियोजनमा तीव्रता दिन आग्रह गरेका छन् ।

गृहमन्त्रीनिकट स्रोतका अनुसार गुरुङ ३ दिनअघि टीमसहित राईलाई भेट्न पुगेका थिए । उनले सरकारको तर्फबाट पूर्णसाथ रहने प्रतिवद्धता पनि जनाएका छन् ।

‘सरकारको स्पिरिटलाई समाएर काम गर्नुहोस् । तपाईँलाई सूचना, जनशक्ति चाहिन्छ भने भन्नुहोस् म दिन तयार छु । कसैलाई पनि नछाड्नुहोस्, धमाधम फाइल खोल्नुहोस् । हाम्रो साथ रहनेछ’, राईसँग गृहमन्त्रीको संवादबारे स्रोतले भन्यो ।

गृहमन्त्रीसँग राईले यसअघि पनि आफूले निष्पक्ष अनुसन्धानसहित पूर्वप्रधानमन्त्री, पूर्व मुख्यसचिवहरू मुछिएका ठूला भ्रष्टाचारका काण्डको अभियोजन गरेको जानकारी गराएका थिए ।

गुरुङको ढाडससँगै हिजो दल र नेताको दबाबमा रोकिएका ‘ठूला माछा’ मुछिएका दर्जनौँ काण्डको अनुसन्धानलाई अख्तियारले तीव्रता दिएको स्रोत बताउँछ ।साभारःनेपालप्रेस

Related posts

पर्साको वीरगन्ज सहितका नाकाबाट सशस्त्र प्रहरीद्वारा २१ करोड बढीको तस्करीको सामान बरामद

MadhesKhabar

पर्साकाे पटेर्वा सुगाैलीमा प्रहरीद्वारा गाँजा खेती नष्ट

MadhesKhabar

सीडीओसहित गृह मन्त्रालयका २१ सहसचिव सरुवा, को कहाँ पुगे ? (सूची)

MadhesKhabar

Leave a Comment