Madhes Khabar
स्थानिय

बारामा स्याउला काट्ने क्रममा रुखबाट खसेर एक जनाकाे मृत्युु

सांकेतिक फोटो ।

बारा,१८कात्तिक: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहामा रूखबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओैराहाकै ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार बुधबार बिहान आफ्नै गोठघर नजिकै रहेको बकाइनोको रूखमा चढेर स्याउला काट्ने क्रममा उनी अचानक खसेका थिए।

रूखबाट खसेर घाइते भएका थिङलाई तत्काल उपचारका लागि जीतपुरसिमरा नगर अस्पतालमा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक विनोद राज खत्रीले जानकारी दिए।

Related posts

जनप्रतिनिधिको सुशासन प्रभाव : वीरगन्ज महानगरमा वर्षेनी घट्दै बेरुजु रकम

MadhesKhabar

अवैध घुसपेठ रोक्न वीरगन्जसहितका नाकामापनि प्रहरी-प्रशासनको निगरानी र चेकजाँचमा कडाई

MadhesKhabar

छतको पानी सिधै सडकमा खसाउने घरधनीलाई कारबाही गर्ने वीरगन्ज महानगरको चेतावनी

MadhesKhabar

Leave a Comment