Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्सामा ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र ७२ हजारलाई जुकाको औषधि खुवाउने लक्ष्य

फाइल तस्बिर ।

वीरगन्ज,१७कात्तिक:देशभर आज (मंगलबार) र भाेलि (बुधबार) का लागि सञ्चालन भइरहेको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियानअन्तर्गत पर्सा जिल्लामा भने करिब ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र ७२ हजार १०० बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य लिइएको छ।

 

जनस्वास्थ्य कार्यालय पर्साका पोषण कार्यक्रम प्रमुख अनिल मिश्राका अनुसार, नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो। यससँगै बालभिटा वितरण कार्यक्रमसमेत सञ्चालन गरिएको उनले जानकारी दिए।

मिश्राका अनुसार दुई दिनमा छिपहरमाई गाउँपालिकामा भिटामिन ‘ए’ ३ हजार ६०० र जुकाको औषधि ४ हजार जनालाई ,जगरनाथपुर गाउँपालिकामा भिटामिन ‘ए’ ४ हजार ४०० र जुकाको औषधि ४ हजार जनालाई,ठोरी गाउँपालिकामा भिटामिन ‘ए’ २ हजार ६०० र जुकाको औषधि १ हजार ८०० जनालाई,पोखरिया नगरपालिकामा भिटामिन ‘ए’ ५ हजार र जुकाको औषधि ४ हजार ४०० जनालाई,जिराभवानी गाउँपालिकामा भिटामिन ‘ए’ २ हजार ८०० र जुकाको औषधि २ हजार ४०० जनालाई खुवाउने लक्ष्य छ।

यस्तै कालिकामाई गाउँपालिकामा भिटामिन ‘ए’ २ हजार ८०० र जुकाको औषधि २ हजार ४०० जनमलाई,सखुवाप्रसौनी गाउँपालिकामा भिटामिन ‘ए’ ४ हजार र जुकाको औषधि ४ हजार जनालाई ,पटेर्वासुगौली गाउँपालिकामा भिटामिन ‘ए’ २ हजार ८०० र जुकाको औषधि २ हजार ६०० जनालाई,बहुदरमाई नगरपालिकामा भिटामिन ‘ए’ ५ हजार ४०० र जुकाको औषधि ४ हजार ५०० जनालाई,पर्सागढी नगरपालिकामा भिटामिन ‘ए’ २ हजार ६०० र जुकाको औषधि २ हजार ६०० जनालाई,पकाहामैनपुर गाउँपालिकामा भिटामिन ‘ए’ २ हजार ८०० र जुकाको औषधि २ हजार ५०० जनालाई,धोबिनी गाउँपालिकामा भिटामिन ‘ए’ ३ हजार ४०० र जुकाको औषधि ३ हजार जनालाई,बिन्दवासिनी गाउँपालिकामा भिटामिन ‘ए’ २ हजार ८०० र जुकाको औषधि २ हजार ५०० जनालाई र वीरगन्ज महानगरपालिकामा भिटामिन ‘ए’ ३३ हजार र जुकाको औषधि ३० हजारलाई खुवाउने लक्ष्य रहेकाे मिश्राले जानकारी दिए।

यसअघि हरेक वर्ष कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको पहिलो चरणको कार्यक्रम यस वर्ष दसैँको सार्वजनिक बिदाका कारण मिति परिवर्तन गरी कात्तिक १७ र १८ गते सञ्चालन गरिएको हो।

नेपाल सरकारले बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले हरेक वर्ष दुई चरणमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ।यसवर्ष पहिलो चरणमा कात्तिकमा र दोस्रो चरण वैशाख ६ र ७ गते उक्त कार्यक्रम सञ्चालन गरिएको थियाे।

Related posts

पर्साकाे धाेरेमा हुण्डीकाे १५ लाख नगदसहित एक युवक पक्राउ

MadhesKhabar

वीरगन्जको खाद्य गुणस्तर तथा व्यापार कम्पनीमा किसानहरुद्धारा तालाबन्दी

MadhesKhabar

वीरगन्जमा आफ्नै नाबालिका छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ

MadhesKhabar

Leave a Comment