काठमाडाैं,१६कात्तिक: नेपाल प्रिमियर लिग (एनपीएल) मा साेमबार भएको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ ।
कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाणडौले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो । काठमाणडौका राशिद खानले ५० र कप्तान करण केसीले ४४ रन बनाए । यस्तै चर्चित अस्ट्रेलियाली क्रिकेटर डेभिड वार्नर १६ रन बनाएर आउट भए । वार्नरलाई कर्णालीका कप्तान साेमपाल कामीले बाेल्ड आउट गरे । कर्णालीका सोमपाल कामी र हुसैन तलातले २/२ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । कर्णालीका आरिफुल इस्लामले ४४, हुसैन तलातले ४०, पवन सर्राफले नटआउट ३० रन बनाए । काठमाडौका कप्तान करण केसीले २ विकेट लिए ।
प्रतियोगितामा काठमाण्रडौ यो पहिलो जीत हो । काठमाणडौ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । यस्तै कर्णालीको यो पहिलो हार हो । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र दोस्रो खेलमा विराटनगर किङ्ग्सलाई ४ विकेटले हराएको थियो ।

